सोमबार, मंसिर १५,२०८२ 09:41:13
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 09:41:13
Bizshala
Global IME Bank Limited

ट्रम्प प्रशासनद्वारा हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रवेशमा रोक

Hyundai Nepal
ट्रम्प प्रशासनद्वारा हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रवेशमा रोक
Shivam Cement

काठमाण्डौ । ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भर्ना गर्ने अधिकार समाप्त गरेको छ। जसका कारण अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालयसँगको विवाद बढेको छ।

युएस होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले सोशल मिडिया प्लेटफर्म एक्समा प्रशासनले हार्वर्डको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना कार्यक्रम ूकानूनको पालना गर्न असफल भएको कारणू रद्द गरेको लेखेका छन्।

‘यो देशभरका सबै विश्वविद्यालय र शैक्षिक संस्थाहरूलाई चेतावनी हो,’ उनले बिहीबार पोस्ट गरे। हार्वर्ड युनिभर्सिटीले एक विज्ञप्ति जारी गर्दै यो कदमलाई ‘गैरकानूनी’ भनेको छ।

CG Motors
Garima Development Bank
IME remit

हार्वर्ड युनिभर्सिटीले ट्रम्प प्रशासनको कदमप्रति प्रतिक्रिया जनाउदै भनेको छ, ‘हामी हाम्रा अन्तर्राष्ट्रिय विद्यार्थी र विद्वानहरूलाई भर्ना गर्ने हाम्रो क्षमता कायम राख्न प्रतिबद्ध छौं। विद्यार्थी र विद्वानहरूका लागि जो १४० भन्दा बढी देशहरूबाट यहाँ आउँछन् र विश्वविद्यालय र यो राष्ट्रलाई धेरै समृद्ध बनाउँछन्।’

युनिभर्सिटीले भन्यो, ‘हाम्रो समुदायका सदस्यहरूबाट मार्गदर्शन र समर्थन खोज्न हामी द्रुत रूपमा काम गरिरहेका छौं। यो प्रतिशोधात्मक कार्यले हार्वर्ड समुदाय र हाम्रो देशलाई गम्भीर क्षति पुर्याउने खतरा छ। यसले हार्वर्डको शैक्षिक र अनुसन्धान मिशनलाई पनि कमजोर बनाउँछ।’

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

ट्रम्प प्रशासनको यो निर्णयले हार्वर्ड विश्वविद्यालयमा अध्ययनरत हजारौं अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई असर गर्न सक्छ। हार्वर्ड विश्वविद्यालयको तथ्यांकअनुसार गत शैक्षिक वर्षमा ६ हजार ७ सयभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना भएका थिए । यो कुल विद्यार्थी जनसंख्याको २७ प्रतिशत हो।

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.