काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले अडलट सेयर अर्थात १० कित्ता भन्दा तलको सेयरको पनि नियमित रुपमा कारोबार गर्ने तयारी गरेको छ । नेप्सेस्थित उच्च स्रोतले दिएको जानकारीअनुसार कुनै सेयरधनीको खातामा भएको १० कित्ता भन्दा तलको सेयर अब नियमित रुपमा नै कारोबार गर्ने गरि व्यबस्था हुँदैछ ।
हाल यस्तो सेयर किनबेच गर्न या त लगानीकर्ताहरुले आफै ग्राहक खोज्नुपर्ने हुन्छ वा त्यही कम्पनीको थप १० कित्ता सेयर किनेर मात्रै सेयर कारोबार हुन्छ । अब यहि कठिन अवस्थालाई ध्यान दिएर नेप्सेले छिट्टै अड लट पनि सेयर कारोबार हुने व्यबस्था गर्दैछ ।
यसो गर्दा दोस्रो बजारमा मुल्यलाई कुनै प्रभाब नपर्ने गरि खातामा भएको सेयर मात्रै अडलटमा सेयर कारोबार हुने नेप्से स्रोतले जानकारी दियो ।