मंगलवार, जेष्ठ ५,२०८३ 04:17:46
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 04:17:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ग्राउण्ड जिरोका लगानीकर्तामा बजेटको चर्चा, करको भूतले तर्सिदै !

Laxmi Sunrise Bank Limited
ग्राउण्ड जिरोका लगानीकर्तामा बजेटको चर्चा, करको भूतले तर्सिदै !
Shivam Cement

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जिरोलाई निरन्तरता दिएका छौ । यसै सिलसिलामा आज हामीले बुद्धनगर र अनामनगर आसपासका ब्रोकरहाउसहरुमा पुगेर लगानीकर्ता तथा ब्रोकर सञ्चालकहरुको बिचार बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । बिहान ११ बज्दा नबज्दै हामी बुद्धनगरमा रहेको कलश सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ७४) मा पुग्यौं ।

बिहान पहिलो प्रहरमा लगानीकर्ताहरुको आउने क्रम जारी थियो । ब्रोकर हाउसमा केही लगानीकर्ताहरु निकै आशाबादी देखिन्थे भने केही निकै निराश पनि । यतिकैमा एक लगानीकर्ताले मुख खोले ‘विष्णु पौडेल अर्थमन्त्री हुँदा सेयर बजार एक हजार अंकले बढ्यो ।  अब विश्वनाथ पौडेल गभर्नर हुँदा पनि एक हजार अंकले बढ्ने त होला नी ! साथीहरु ?’ संगै बसेका एक लगानीकर्ता केही निराश हुँदै भने, ‘मलाइ त यो सेयर बजार पुग्यो । बरु बन्द नै गरिदिए पनि हुने जस्तै भएको छ ।’  

उनले यस्तो भनेपछि सँगै बसेका अर्का एक लगानीकर्ताले धेरै निराश नहुन सुझाव दिए । ‘यो बजारले एक दिन पक्कै दिन्छ । दिन थाले पछि छप्पड फाडेरै दिन्छ । प्रतिक्षा त गर्नुहोस,’ उनले भने । ब्रोकर हाउसमा यस्तै गफगाफ चल्दै थिए । बजार सामान्य अंकले तल माथि गर्दै थियो ।

Bizshala
New Office
CG Motors

यहाँबाट हामी अनामनगरमा रहेको दीपशिखा धितोपत्र (स्टक ब्रोकर नम्बर ३८) मा पुग्यौं । यहाँ केही महिला लगानीकर्ता बजार हेर्न मस्त देखिन्थे । यस ब्रोकरमा केही नयाँ लगानीकर्ताहरु पनि देखिन्थे । मध्यान्नको १२ बजिसकेको थियो ।  बजारमा बिस्तारै बिक्री दबाब पर्दै थियो । यसै ब्रोकरमा भेटिएका केही लगानीकर्ताले नयाँ गभर्नर आए पनि आज बजारले गति लिन नसकेका बताए । यतिकैमा एक लगानीकर्ताले मुख खोले, ‘यही १५ गते बजेट आउदै छ । सरकारले कर बढाउन थालेको हो रे साथीहरु ?’ संगै बसेका लगानीकर्ताले भने, ‘आफूले त कर्मचारीको तलब बढ्न लागेको भनेर सुनको हो । तर करको विषयमा त केही जानकारी छैन ।’

उनले थप्दै भने, ‘अघिल्लो बजेटमा सरकारले करका केही बिषय चलाएको थियो । लगानीकर्ताहरु आन्दोलित पनि भएका थिए । लगानीकर्ताहरुले अब भने अन्तिम करको माग गरेका छन् । सरकारले बनाउन सकेको छैन । यहि विषयलाई लिएर बजारमा हल्ला मात्रै फैलिएको होला ।’  

मध्यान्हको एक बज्दै थियो । बजार सामन्य अंकले तल माथि गर्दै थियो । यहाँबाट हामी भोले गणेष सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ६१) मा पुग्यौं । यस ब्रोकरमा पनि केही महिला र केही पूरुष लगानीकर्ता गफमा मस्त र ब्यस्त देखिन्थे । यतिकैमा एक महिला लगानीकर्ताले भनिन् ‘मैले त अपि पावरको सेयर किनेको बढ्दै बढेन । यो सेयर बजारमा पनि भाग्यकै भर रहेछ ।’ उनको यस्तो कुरा सुनेपछि संँगैका लगानीकर्ताले भने, ‘भाग्य भन्दा पनि खेलाडीको भर हो, यो बजारमा हेर्नुहोस । खेलाडीले किन्दा सूचना थाहा पाए कमाइन्छ, होइन भने त उही ताल हो ।’

Garima Development Bank
Shivam Cement
IME remit

केही समयको बसाईपछि हामी आर्यतारा सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ५७) मा पुग्यौं । यस बेलासम्म दिनको २ बज्दै थियो । लगानीकर्ताहरु बजार हेर्नमा मस्त देखिन्थे । यतिकैमा एक लगानीकर्ताहरु भने, ‘लौ ! साथीहरु आज पनि २ बजेपछि बजार खस्ने काम सूरु भयो । आज पनि बजार घटेर नै बन्द हुने भयो ।’ उनको कुरा सुनेपछि केही लगानीकर्ता आपसमा कानेखुसी गर्न थाले ।  

हामीले केही समय ब्रोकर सञ्चालकसँग पनि बजारको विषयमा जिज्ञासा राख्यौं । ब्रोकर सञ्चालकले अब गभर्नरले नीतिगत सुधार गरे पछि बजारमा बिश्वास बढ्नेमा जोड दिए । उनले बजारमा नयाँ पैसा आउन बिश्वासको अभाव रहेको समेत बताए । ‘अहिले बजारमा विश्वासको अभाव देखिन्छ र फेरि विश्वास बढ्ने बित्तिकै  बजार पनि बढ्छ,’ उनले भने ।  

यसबेलासम्म साढे २ बजिसकेको थियो ।  बजारमा बिक्री दबाब कायमै थियो । ब्रोकर हाउसमा लगानीकर्ताहरुबीच आगामी बजेटमा करको बारेमा कस्तो व्यवस्था आउने हो भनेर अन्यौलता रहेको पाइयो ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.