शनिबार, जेष्ठ २,२०८३ 06:51:58
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 06:51:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

इयुमाथिको ५०% ट्यारिफको डेडलाइनलाई जुलाई ९ सम्म लम्बाउन ट्रम्प सहमत

Laxmi Sunrise Bank Limited
इयुमाथिको ५०% ट्यारिफको डेडलाइनलाई जुलाई ९ सम्म लम्बाउन ट्रम्प सहमत
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन युनियनमाथि लगाइएको ५० प्रतिशत ट्यारिफको डेडलाइनलाई जुलाई ९ सम्म लम्बाउन सहमत भएको बताएका छन् ।  

ट्रम्पले ट्यारिफको डेडलाइनलाई थप गर्न युरोपियन कमिशनकी अध्यक्ष उर्सुला भोन डेर लेयनले अनुरोध गरेको र आफू जुलाई ९ सम्म लम्बाउन सहमत भएको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्रुथमार्फत यस्तो जानकारी दिएका हुन् ।  

Bizshala
New Office
CG Motors

ट्रम्पले पारस्परिक करको रुपमा ईयुमाथि २० प्रतिशत ट्यारिफ लगाएका थिए । उनले अप्रिल ९ मा यसलाई कटौती गरेर १० प्रतिशतमा झारेका थिए ।  

तर ट्रम्पले इयुका २७ देशहरुसँग सम्झौता गर्न निकै गाह्रो हुने भन्दै जुन १ गतेदेखि ईयुमाथि ५० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका थिए ।  

ट्रम्पले इयुसँग ट्यारिफको विषयमा छलफल भईरहेको समेत बताएका छन् । उनले जुन १ अघि भने इयुसँग सम्झौताको सम्भावना नरहेको समेत बताएका छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.