आईतवार, जेष्ठ ३,२०८३ 10:27:01
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 10:27:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

वार्षिक औषत ९% लाभांश बाँडेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको आगामी यात्रा कस्तो ?

Laxmi Sunrise Bank Limited
वार्षिक औषत ९% लाभांश बाँडेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको आगामी यात्रा कस्तो ?
Shivam Cement

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स नेपालको जीवन बीमा कम्पनीहरु मध्ये एक हो । साविक प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भएपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट जीवन बीमा व्यवसाय सुरु गरेको हो ।  

यो कम्पनीले २०८० साल असार २९ गतेदेखि एकीकृत कारोबार सुरु गरेको हो । कम्पनीले सातै प्रदेशमा शाखा र हजारौं सक्रिय बीमा अभिकर्ताहरुको नेटवर्कमार्फत् जीवन बीमा सेवा दिदैं आइरहेको छ ।  

बीमितहरुलाई समग्र र नबीन जीवन बीमा सेवाहरु प्रदान गर्नु कम्पनीको लक्ष्य रहेको छ । कम्पनीले व्यक्तिगत बीमा योजना, लघुबीमा योजना, सामूहिक बीमा योजना, स्वास्थ्य र दुर्घटना बीमा योजनाहरुमार्फत आफ्ना बीमितहरुलाई सेवा दिदैं आइरहेको छ ।  

 

 

Bizshala
New Office
CG Motors

आधारभूत पक्षः  

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको चुक्तापूँजी ४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ रहेको छ । कम्पनीले सो अवधिसम्म ३ अर्ब ४९ करोड २० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ, भने ३ अर्ब ३७ करोड ८० लाख रुपैयाँबराबरको बीमा दाबी भुक्तानी दिइसकेको छ ।  

हाल कम्पनीको बीमालेख संख्या २ लाख २७ हजार ६५४ रहेको छ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउन निर्देशन दिएबमोजिम कम्पनीले कायम चुक्तापूँजीको १७ प्रतिशत अर्थात् १ः०.१७ रेसियोमा ७३ करोड ३ लाख रुपैयाँबराबरको ७३ लाख ३ हजार २०० कित्ता हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।  

प्राविधिक पक्षः  

फियर एण्ड ग्रिड इन्डेक्सको आधारमा  

फियर एण्ड ग्रिड इन्डेक्सको आधारमा यो कम्पनी हाल न्यूट्रल सेन्टिमेन्टमा चलेको देखिन्छ । यो भनेको कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण सामान्य रहेको छ भन्ने हो । कम्पनीको ५२ साताको उच्च मूल्य प्रतिकित्ता ७०३ रुपैंया र न्यून मूल्य ४८५ रुपैंया रहेको छ ।  

यस कम्पनीमा संस्थापकतर्फ ८४.८७ प्रतिशत र सर्वसाधारणतर्फ १५.३३ प्रतिशत रहेको छ । कम्पनीले घोषणा गरेको ८ प्रतिशत लाभांशको बुक क्लोज हुन बाँकी नै दैखिन्छ । यसअघि कम्पनीले १० प्रतिशत लाभांश दिएको थियो । यस हिसावले मर्जर पछि कम्पनीको बार्षिक औषत लाभांश ९ प्रतिशत देखिन्छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल लामो समयदेखि साइडवेजमा चलेको छ । यसको अर्थ कम्पनीको सेयरमा एक्युमुलेसन पनि चलेको हुन सक्छ । म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम पनि सकारात्मक नै रहेका छन् । आरएसआई ओभर सोल्ड जोनबाट फर्केर माथिको यात्रा तय गर्दै गरेको देखिन्छ । कारोबार तथा भोल्युमबाट नियाल्दा भने कम्पनीको कारोबारमा सुधार आउन सकेको देखिदैन ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ६१५

प्रतिरोध २ – ५९८

प्रतिरोध १–  ५७३

पिभट् प्वइन्टः ५५५

घटेमा सपोर्ट  

सपोर्ट १– ५३१

सपोर्ट २– ५१४

सपोर्ट  ३ –४८९

निष्कर्षः आधारभूत रुपमा यो कम्पनी ठीकै देखिन्छ । कम्पनीको प्रतिसेयर आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ । कम्पनीको बुक भ्यालु रिर्टन अन इक्विटीमा पनि गिरावट आएको छ । तर कम्पनीको जगेडा कोषमा भने सामान्य सुधार देखिन्छ । प्राबिधिक रुपमा यो कम्पनी फियर एण्ड ग्रिड इन्डेक्समा न्यूट्रल सेन्टिमेन्टमा चलेको देखिन्छ । त्यसैगरि, म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ भने आरएसआईमा पनि बुलिस यात्रामा देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.