काठमाण्डो । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी(सलिको)ले संस्थापक समूहको ४ लाख ८२ हजार २७६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात तथा प्रमाण संलग्न गरी नक्सलामा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ ।
निर्धारित मितिभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीका लागि बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।