काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमति भए हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने बताएका छन् । मंगलबार काठमाण्डौमा राजावादीले गरेको सम्पादकहरूसँगको छलफलमा यस्तो बताएका हुन् ।
उक्त अवसरमा उनले राजा बनाउने विषयमा हृदयेन्द्र शाहको नाममा सहमति भए ज्ञानेन्द्रले पनि मान्नुपर्ने बताएका हुन्। राजतन्त्र व्यक्तिको कुरा नभएकाले हृदयेन्द्रका नाममा सहमति भए मान्नुपर्ने उलने बताए । ‘राष्ट्रिय सहमति हुन्छ भने हृदयेन्द्र शाहलाई राजा बनाऔं । उहाँ २०/२१ वर्षको हुनुभयो ,’ उनले भने ।
यस्तै उनले व्यक्ति को हुने भन्ने मुख्य विषय नभएको समेत बताए ।