बिहीबार, जेष्ठ १५,२०८२ 02:05:29
IME remit
  • बिहीबार, जेष्ठ १५,२०८२ 02:05:29
IME remit
Global IME Bank Limited

घरजग्गा र सेयर बजारमा कर बढाउने तयारीमा सरकार, आईआरडीसँग छलफल गर्दै

Hyundai Nepal
घरजग्गा र सेयर बजारमा कर बढाउने तयारीमा सरकार, आईआरडीसँग छलफल गर्दै
Nabil Bank Limited

काठमाण्डौ । चालू खर्चमा भएको वृद्धि र र आन्तरिक स्रोतले खर्च धान्नै हम्मेहम्मे परेसँगै सरकारले कर उठाउन पूँजीबजारमा छड्के नजर लगाउन सुरु गरेको छ । कोभिड पहिले खासै वास्ता नभएको पूँजीबजारमा जनसहभागिता सँगै कम्पनीको संख्या बढ्दै जादा पूँजीबजारमाथि सरकारले हरेक कोणबाट नजर लगाउन थालेको हो ।  

अहिले पूँजीबजारमा नियामक निकायका प्रमुखको नियुक्तिदेखी लाभकर उठाउने विषयमा सरकारले प्राथमिकताका साथ नजर लगाउन थालेको देखिन्छ ।

आर्थिक बर्ष ०७७/७८ मा सरकारले पूँजीबजारबाट मात्रै १५ अर्ब भन्दा बढी राजस्व उठाएको थियो । त्यस समयमा सेयर बजारमा अहिलेसम्मकै उच्च ३२ सयको विन्दुमा २२ अर्ब नजिक कारोबार भएको थियो । यस आर्थिक वर्षमा पनि नेप्सेले ३ हजारको विन्दु चुम्दै एकै दिन करिब ३० अर्बको सेयर कारोबार भएको थियो ।  

गत वर्षको भदौ महिनामा मात्रै सरकारले पूँजीबजारबाट डेढ अर्ब भन्दा बढी राजश्व संकले गरेको थियो । यस्तै गत वैशाखमा भने १ अर्ब २३ करोडबराबरको राजश्व संकलन गरेको थियो । यस हिसाबले यस आर्थिक वर्ष पनि सरकारले पूँजीबजारबाट एकै बर्षमा १५ अर्ब भन्दा माथि नै राजश्व संकलन गर्ने भएको छ ।  

CG Motors
Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

यसरी पूँजीबजारमा नयाँ नयाँ कम्पनी र जनसहभागिता भए पछि सरकारले करको दायरा भन्दा पनि करको दर बढाउन थालेको लगानीकर्ताहरुले आरोप लगाउँदै आएका छन् । स्रोतले दिएको जानकारी अनुसार जेठ १५ गते आउने बजेटमा पनि सरकारले सेयर बजार र घरजग्गामा कर बढाउन तयारी गरेको छ ।  

स्रोतका अनुसार अर्थमन्त्री विष्णु प्रसाद पौडेल सेयर बजारमा हालको करको स्ल्याबलाई बढाएर सबै लगानीकर्ताहरुका लागि एकै प्रकारको १० प्रतिशतले कर लगाउने तयारीमा छन् । तर अर्थमन्त्रालयका अधिकारीहरु भने दीर्घकालिन लगानीकर्ताहरुलाई केही राहत स्वरुप साढे सात प्रतिशत मात्रै गर्ने र अल्पकालिन लगानीकर्ताहरुको लागि हालको करको दर बढाएर १० प्रतिशतको कर व्यबस्था गर्ने तयारी गरेका छन् ।  

Muktinath Bikas Bank Limited

यस विषयमा यहि गर्ने भन्ने टुँगोमा नपुगेता पनि सरकारले आन्तरिक राजश्व विभागसँग छलफल गरेको छ । सेयर बजारसँगै सरकारले घरजग्गोको  पनि कर बढाउने तयारी गरेको छ । हाल घरजग्गामा लाग्दै आएको ७ प्रतिशतको करलाई पनि बढाएर १० प्रतिशत नै गर्ने गरि तयारी भएको स्रोतले जानकारी दियो ।  

तर सेयर लगानीकर्ताहरुले भने हालको करलाई अन्तिम करको घोषणा गरेर मात्रै करका दरहरु हेरफेर गर्न सरकारसँग माग गरेका छन् । २ बर्ष पहिले अर्थमन्त्री प्रकाशरण महत भएको बेला करकै विषयलाई लिएर लगानीकर्ताहरु कारोबार नै रोकेर आन्दोलित पनि भएका थिए ।  

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.