शनिबार, जेष्ठ १७,२०८२ 01:59:44
IME remit
  • शनिबार, जेष्ठ १७,२०८२ 01:59:44
IME remit
Global IME Bank Limited

नयाँ फिचर थप्दै ह्वाट्सएप, पाउन सकिनेछ लगआउटको अप्शन

Hyundai Nepal
नयाँ फिचर थप्दै ह्वाट्सएप, पाउन सकिनेछ लगआउटको अप्शन
Nabil Bank Limited

काठमाण्डो । ह्वाट्सएपले आफ्ना लाखौं प्रयोगकर्ताहरूलाई नयाँ र उत्कृष्ट फिचर ल्याउने तयारी गरेको छ। रिपोर्टका अनुसार, ह्वाट्सएपले चाँडैनै लगआउटको विकल्प उपलब्ध गराउन सक्छ । यो फिचरअन्तर्गत यदि ह्वाट्सएप प्रयोग गर्न मन लाग्दैन भने यसलाई लगआउट गर्न सकिनेछ।  

यसो गर्दा  ह्वाट्सएपले प्रगोगकर्ताको डेटा सुरक्षित राख्नेछ र कुनै पनि ग्रुपबाट अलग गराउने छैन। हाल भने ह्वाट्सएपमा लगआउटको अप्सन छैन । प्रयोगकर्तालाई अकाउन्ट डिलिट गर्ने विकल्प दिइएको छ । यसलाई चयन गर्यो भने प्रयोगकर्ताको सबै डेटा मेटिन्छ। यद्यपि ह्वाट्सएप वेबमा लगआउट विकल्प छ । यो वेब संस्करण वा कम्प्युटरबाट लग आउट हुन्छ।

CG Motors
Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

एन्ड्रोइड अथोरिटी रिपोर्टका अनुसार ह्वाट्सएप लगआउट सुविधाले मानिसहरूलाई आफ्नो प्राथमिक उपकरणमा एप बन्द गर्न अनुमति दिनेछ। यसको फाइदा यो हुनेछ कि अकाउन्ट सञ्चालन जारी रहनेछ, तर प्रयोगकर्ता यसबाट बाहिर हुनेछ । वर्तमानमा, जे भए पनि, प्रयोगकर्ताले इन्टरनेट खोल्दा ह्वाट्सएपमा जडान रहन्छ। खाता डिलिट भएमा वा फोनबाट ह्वाट्सएप आफैं अनइन्स्टल भएमा मात्रै ह्वाट्सएपले फोनमा काम गर्न बन्द गर्छ। यी दुवै अवस्था सम्भव भने छैन।

धेरै पटक, विशेष गरी बिदाहरूमा, मानिसहरू परिवारसँग बिताउन चाहन्छन्। तर फोन अनलक हुने बित्तिकै धेरै ह्वाट्सएप सन्देशहरू आउँछन्। नचाहे पनि एप हेर्नुपर्छ। नयाँ फिचर ल्याएपछि मानिसले आफूले चाहेको बेला एप चलाउन बन्द गर्न सक्नेछन् ।

Muktinath Bikas Bank Limited

यो फिचर फेसबुक वा जीमेल लगआउट गरेजस्तै हुनेछ ।  

यो फिचर ती व्यक्तिहरूका लागि पनि फाइदाजनक हुनेछ जो कुनै ट्रिक बिना एउटै फोनमा दुईवटा व्हाट्सएप चलाउन चाहन्छन्। एउटा खाताबाट लग आउट गरेपछि, ह्वाट्सएप कुनै अवरोध बिना अर्को खाताबाट प्रयोग गर्न सकिन्छ। 

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.