सोमबार, मंसिर १५,२०८२ 01:29:21
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 01:29:21
Bizshala
Global IME Bank Limited

‘ग्लोब्याट डिलर मिट २०८२’ सम्पन्न, दुईपांग्रे र चारपांग्रे नयाँ ब्याट्री सिरिज सार्वजनिक

Hyundai Nepal
‘ग्लोब्याट डिलर मिट २०८२’ सम्पन्न, दुईपांग्रे र चारपांग्रे नयाँ ब्याट्री सिरिज सार्वजनिक
Shivam Cement

काठमाण्डौ । अटोमोटिभ ब्याट्री ब्राण्ड ‘ग्लोब्याट’को ‘डिलर मिट २०८२’ सम्पन्न भएको छ । जेठ १४ र १५ गते काठमाण्डौंस्थित चन्द्रागिरी हिल्स रिसोर्टमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा देशभरका १०० भन्दा बढी डिलर, कर्मचारी तथा अतिथिहरूको सहभागिता रहेको ग्लोब्याटका लागि नेपालको आधिकारिक बिक्रेता त्रिथुंगा ट्रेडिङले जनाएको छ । कार्यक्रममा दुईपांग्रे र चारपांग्रे ब्याट्री सिरिज पनि सार्वजनिक गरिएको छ ।  

उत्कृष्ट डिलर तथा कर्मचारीलाई सो अवसरमा विभिन्न विधामा सम्मानसमेत गरिएको कम्पनीले जनाएको छ ।  

ग्लोब्याटका लागि नेपालको आधिकारिक वितरक त्रिथुङ्गा ट्रेडिङ प्रालि र बंगलादेशको रहिमा फ्रुज ग्रुपको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

दुईपांग्रे र चारपांग्रे सवारी साधनका लागि नेपाली बजारमा सार्वजनिक भएका ग्लोब्याटका नयाँ ब्याट्री पनि ग्राहकको रोजाईमा पर्ने कम्पनीले विश्वास लिएको छ । कम्पनीले भिआरएलए, एएफबी र क्लासिक सेरिज ब्याट्री सार्वजनिक गरेको हो ।देशभरका उत्कृष्ट डिलर तथा कर्मचारीलाई सम्मान

यसैबीच, कम्पनीले डिलरहरुलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ठ व्यावसायिक प्रदर्शन गर्ने विभिन्न १९ डिलरहरूलाई विभिन्न क्याटागोरीमा सम्मान गरिएको कम्पनीले जनाएको छ ।

पूर्व, पश्चिम, गण्डकी, काठमाण्डौ लगायतका क्षेत्रीय श्रेणीमा उत्कृष्ट विक्रेताहरू चयन गर्दै सम्मान गरिएको छ भने अजाम अटो विरिङ सेन्टरलाई नेपालको उत्कृष्ट डिलरको सम्मान प्रदान गरिएको छ ।

त्यस्तै, १० वर्षभन्दा बढी सेवा गरेका ७ कर्मचारी र तीन दीर्घकालीन डिलरहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको छ ।

कार्यक्रमको अवसरमा ब्यापार समीक्षा, उत्पादन लन्च, प्रस्तुति, नेटवर्किङ, गेम्स र लाइभ म्युजिक जस्ता विभिन्न आकर्षक सेसनहरू सम्पन्न भएका छन् । ‘टुगेदर वि पावर’ नारालाई व्यवहारमा उतार्दै आपसी विश्वास र सहकार्यलाई थप बलियो बनाउन कार्यक्रम सहयोगी भएको विश्वास गरिएको छ । कार्यक्रममा देशभरका डिलरहरुको सहभागिता थियो ।  

CG Motors
Garima Development Bank
IME remit

कार्यक्रममा त्रिथुङ्गा ट्रेडिङका महाप्रबन्धक श्याम पाण्डेले निकट भविष्यमै ग्लोब्याटको वितरण सञ्जाललाई अझ बिस्तार गरिने घोषणा गरे । नेपाली बजारलाई ग्लोब्याटमा दृढ विश्वास राख्न पनि उनले आग्रह गरे । ‘ग्लोब्याट केवल उत्पादन होइन, विश्वसनीयता र दीर्घकालीन सम्बन्धको प्रतीक हो’ उनले भने ।

बंगलादेशबाट आएका रहिमा फ्रुज ग्रुपका कार्यकारी निर्देशक फराज अब्दुर रहिम, प्रमुख कार्यकारी अधिकृत कम्रुल इस्लाम, अन्तर्राष्ट्रिय व्यापार प्रमुख जाकिर हुसेन र सार्क क्षेत्र प्रमुख अमिर हुसेन नोभलले ग्लोब्याटको अन्तर्राष्ट्रिय यात्रा र भविष्य योजनाबारे प्रस्तुति दिएका थिए । संसारभर लोकप्रिय रहेको यो ब्राण्ड छोटो समयमा नेपालमा पनि लोकप्रिय बनेकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा बसास अर्गनाइजेसनका प्रबन्ध निर्देशक शान्ताराज बतास, त्रिथुङ्गा ट्रेडिङका प्रबन्ध निर्देशक डिल्लीराज सुवेदी तथा अन्य अतिथिहरुको सहभागिता थियो ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

देशभरका उत्कृष्ट डिलर तथा कर्मचारीलाई सम्मान

यसैबीच, कम्पनीले डिलरहरुलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ठ व्यावसायिक प्रदर्शन गर्ने विभिन्न १९ डिलरहरूलाई विभिन्न क्याटागोरीमा सम्मान गरिएको कम्पनीले जनाएको छ ।

पूर्व, पश्चिम, गण्डकी, काठमाण्डौ लगायतका क्षेत्रीय श्रेणीमा उत्कृष्ट विक्रेताहरू चयन गर्दै सम्मान गरिएको छ भने अजाम अटो विरिङ सेन्टरलाई नेपालको उत्कृष्ट डिलरको सम्मान प्रदान गरिएको छ ।

त्यस्तै, १० वर्षभन्दा बढी सेवा गरेका ७ कर्मचारी र तीन दीर्घकालीन डिलरहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको छ ।

कार्यक्रमको अवसरमा ब्यापार समीक्षा, उत्पादन लन्च, प्रस्तुति, नेटवर्किङ, गेम्स र लाइभ म्युजिक जस्ता विभिन्न आकर्षक सेसनहरू सम्पन्न भएका छन् । ‘टुगेदर वि पावर’ नारालाई व्यवहारमा उतार्दै आपसी विश्वास र सहकार्यलाई थप बलियो बनाउन कार्यक्रम सहयोगी भएको विश्वास गरिएको छ । कार्यक्रममा देशभरका डिलरहरुको सहभागिता थियो ।  

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.