मंगलवार, जेष्ठ ५,२०८३ 04:04:12
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 04:04:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

लघुबीमा कम्पनीहरुको व्यवसाय ४९१.४३% ले वृद्धि, कुनको कति?

Laxmi Sunrise Bank Limited
लघुबीमा कम्पनीहरुको व्यवसाय ४९१.४३% ले वृद्धि, कुनको कति?
Shivam Cement

काठमाण्डौ । लघुबीमा कम्पनीहरुले एक अर्ब भन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार ७ लघुबीमा कम्पनीले चालु आवको १० महिनासम्म १ अर्ब ७४ करोड ९५ लाख रुपैयाँ प्रिमियम भित्र्याएका छन् । यो प्रिमियम गत आवको सोही अवधिसम्मको तुलनामा ४९१.४३ प्रतिशत बढी हो ।

गत आवको सोही अवधिसम्म लघुबीमकहरुले २९ करोड ५८ लाख रुपैयाा मात्रै प्रिमिमय संकलन गरेका थिए । यस अवधिसम्म आइपुग्दा लघुबीमा कम्पनीहरुले आफ्नो शाखा सञ्जाल, कर्मचारी संख्या र पूँजी बृद्धि गरि व्यवसायमा समेत उल्लेख्य बृद्धि गरेका छन् । नेपाल बीमा प्राधिकरणले तोकेको क्षेत्रमा लघुबीमकहरु पुगेर शाखा विस्तार गरी बीमा सेवा दिइरहेका छन् ।

Bizshala
New Office
CG Motors

सबै लघुबीमकले सो अवधिसम्म आइपुग्दा उल्लेख्य व्यवसाय बढाएका छन् । जीवन लघुबीमकतर्फ गार्डियन माइक्रो लाइफले ३७ करोड ३६ लाख रुपैयाँ प्रिमियम भित्र्याएको छ । यो रकम गत आवको तुलनामा १४०४.८६ प्रतिशत बढी हो । 

त्यस्तै, क्रेष्ट माइक्रो लाइफले ३६ करोड २३ लाख र लिबर्टी माइक्रो लाइफले २४ करोड ६६ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । गत आवको तुलनामा क्रेष्ट माइक्रो लाइफको व्यवसाय ४७१.७७ प्रतिशत र लिबर्टी माइक्रो लाइफको १६८८.४७ प्रतिशतले बृद्धि भएको छ । यता निर्जीवन लघुबीमकतर्फ नेपाल माइक्रो इन्स्योरेन्सले २१ करोड ५२ लाख रुपैयाँ प्रिमियम भित्र्याएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

 यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा १८०.३७ प्रतिशत बढी हो । त्यस्तै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १९ करोड ७९ लाख, स्टार माइक्रो इन्स्योरेन्सले १८ करोड ३० लाख र ट्रस्ट माइक्रो इन्स्योरेन्सले १७ करोड ६ लाख रुपैयाँ प्रिमियम भित्र्याएका छन् ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.