सोमबार, जेष्ठ ४,२०८३ 08:01:06
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 08:01:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जापानको अर्थतन्त्रमा किन मडारियो कालो बादल ? दोहोरो संकटमा फसेको विज्ञहरुको दाबी

Laxmi Sunrise Bank Limited
जापानको अर्थतन्त्रमा किन मडारियो कालो बादल ? दोहोरो संकटमा फसेको विज्ञहरुको दाबी
Shivam Cement

काठमाण्डौ । जापान लामो समयसम्म विश्वको चौथो ठूलो अर्थतन्त्रको रुपमा रह्यो । तर केही समयअघि भारतले जापानको स्थान आगटेको छ । यससँगै जापान विश्वको पाचौं ठूलो अर्थतन्त्रमा खस्किएको छ ।  

जापानको अर्थतन्त्र केही समयदेखि संकटमा परेजस्तो देखिन्छ र यसपछाडिका कारण सीएफओको एउटा अध्ययनमा विज्ञहरुले उल्लेख गरेका छन् । विज्ञहरुले जापानले लामो समयसम्म शुन्य प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउनु नै अर्थतन्त्र खस्किनुको मुख्य कारण रहेको बताएका छन् । जापानको उक्त नीति नै अहिले उसका लागि भारी परिरहेको विज्ञहरुको निष्कर्ष रहेको छ ।  

जापानले सुस्त आर्थिक वृद्धि, डिफ्लेशन र जनसांख्यिकीय गिरावटबाट बाहिर आउनका लागि दशकौंसम्म शुन्य प्रतिशत वा त्यसको आसपासमा कर्जा उपलब्ध गराएको थियो । यहासम्म कि कुनै कुनै बेला त यो दर ऋणात्मकसम्म कायम भएको थियो । केन्द्रीय बैंक, बैंक अफ जापानले सरकारी बोन्ड खरिद गर्यो र कर्जाको लागत कम राख्ने प्रतिबद्धता समेत जाहेर गर्यो । यसबाट प्रणालीमा पैसाको बाढी नै आयो ।  

Bizshala
New Office
CG Motors

यसको मुख्य कारण कर्जालाई सस्तो राख्नु थियो । जसबाट व्यवसाय र परिवारको खर्च लगानी गर्न सकियोस् । तर जापान सरकारले यो निर्णयलाई केही धेरैनै विस्तार गर्यो । जुन वैश्विक मध्यस्थता मेशिन(ग्लोबल आर्बिट्रेज मेशिन) तथा यही सेटअपबाट येन क्यारी ट्रेडको जन्म भयो । येन क्यारी ट्रेड एउटा लगानी रणनीति हो । जसमा लगानीकर्ताले कम ब्याजदर भएको मुद्रा जापानी येनमा कर्जा लिन सक्छन् र उच्च ब्याजदर भएको अन्य मुद्रामा सम्पत्तिमा लगानी गर्नका लागि त्यो सम्पत्तिको उपयोग गर्न सक्छन् । यसको उद्देश्य दुईवटा मुद्राका बीच ब्याजदरको अन्तरबाट लाभ लिनु हो ।  

यो येन क्यारी ट्रेडमा माध्यमबाट लगानीकर्ताले येनलाई लभगभ शुन्यदरमा कर्जा लिए र पैसालाई ती क्षेत्रमा लगाए जहाँ प्रतिफल धेरै हुन्छ । लगानीकर्ताले बढ्दो बजार, अमेरिकी सेयर,विश्व रियल स्टेट प्रोपटी जस्ता क्षेत्रमा लगानी गरे । यसको अंक गणित एकदम सरल थियो–शुन्य प्रतिशत ब्याजदरमा कर्जा लिने र ५ प्रतिशत कमाउने र स्पे्रेड गोजीमा राख्ने । जबसम्म जापानले ब्याजदर कम राख्यो र येन कमजोर बन्यो तबसम्म व्यापार चलिरह्यो । तर यसबीचमा फेरि उलटफेर भयो र अवस्था पूर्ण रुपमा परिवर्तन भयो ।  

Garima Development Bank
Shivam Cement
IME remit

गत वर्ष मार्चमा महङ्गी निरन्तर बढेसँगै र येनपनि न्यून विन्दुमा पुगेपछि बैंक अफ जापान ब्याजदर बढाउन बाध्य बन्यो र तीव्र रुपमा आफ्नो अल्ट्रा लुज पोलिसीको कदमबाट पछि हट्न थाल्यो । यो कदमले येन क्यारी ट्रेडलाई तोड्यो । यसको प्रभाव यो पर्यो कि लगानीकर्तालाई पोजिशन परिवर्तन गर्नका लागि कसरत गर्न सुरु गरे र येनको मूल्य बढ्न पुग्यो । यसको प्रभाव स्वरुप जापानको अर्थतन्त्र पछि पर्न गयो ।  

यस्तोमा अब जापान दुईवटा ठूलो दबाबमा फसेको छ । एउटा देशको महङ्गीलाई नियन्त्रण गर्नु र अर्को येनलाई सुरक्षित राख्नु । अर्थात ब्याजदर कम राख्नु र पूँजी पलायनको जोखिम उठाउनु । विश्लेषकहरुले अब जापानको पुरानो नीतिले काम गर्न छाडेको दाबी गरेका छन् । जापानको अर्थतन्त्रलाई सम्हालेका ती प्ुराना आर्थिक औजारले अब उल्टो प्रभाव देखाउन थालेका छन् । यसमा शुन्य ब्याजदर, ठूलो परिमाणमा बोन्डको खरिद र कमजोर मुद्रा समावेश छन् ।  

विज्ञहरुले यसलाई जापानको मात्रै नभई दशकौंदेखि सस्तो तरलतामा निर्माण भएको विश्वको आर्थिक प्रणालीका लागि पनि खतराको घण्टी भएको बताएका छन् ।        

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.