जापानमा १ सय वर्षभन्दा माथिका १ लाख ज्येष्ठ नागरिक, ५५ औं पटक बनायो कीर्तिमान
काठमाण्डौ । जापानमा करिब १ लाख मानिसले सय वर्षभन्दा बढी उमेर पूरा गरेका छन् । जापानका स्वास्थ्य मन्त्री ताकामारो फुकुओकाले शुक्रबार ८७ हजार ७८४ महिला र ११ हजार ९७९ पुरुष १०० वर्षभन्दा माथि रहेको बताएका छन् ।पुरुष र महिलासहित कुल ९९ हजार ७६३ वृद्धहरूले १०० वर्ष पूरा गरेका छन्, जसमध्ये ८८ प्रतिशत महिला छन्। यो देशको कुल १२.४ करोड जनसंख्याको ०.८१ प्रतिशत हो। जापानले यो कीर्तिमान...