बिहीबार, असार १८,२०८३ 04:59:09
Bizshala
  • बिहीबार, असार १८,२०८३ 04:59:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जापानी प्रधानमन्त्रीद्वारा विदेशी नागरिकसम्बन्धी नीतिबारे आधारभूत दृष्टिकोण तयार गर्न निर्देशन

Laxmi Sunrise Bank Limited
जापानी प्रधानमन्त्रीद्वारा विदेशी नागरिकसम्बन्धी नीतिबारे आधारभूत दृष्टिकोण तयार गर्न निर्देशन

काठमाण्डौ । जापानकी प्रधानमन्त्री ताकाइची सानेले आगामी जनवरीसम्म विदेशी नागरिकहरूसँग सम्बन्धित नीतिहरूबारे आधारभूत दृष्टिकोण तयार गर्न सम्बन्धित मन्त्रीहरूलाई निर्देशन दिएकी छिन्।

मंगलबार प्रधानमन्त्री कार्यालयमा पहिलोपटक बसेको मन्त्रीस्तरीय बैठकमा उनले यस्तो निर्देशन दिएकी हुन् । यो कदम सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी र जापान इन्नोभेसन पार्टीबीच विदेशी नागरिकहरूद्वारा हुने नियम उल्लङ्घनसम्बन्धी विषयलाई प्राथमिकताका रूपमा सम्बोधन गर्ने सहमतिपश्चात आएको हो।

New Office
CG Motors
Garima Development Bank

बैठकमा प्रधानमन्त्री ताकाइचीका साथै मुख्य क्याबिनेट सचिव मिनोरु किहारा, विदेशी नागरिकहरूसँग सुसंस्कृत र सौहार्दपूर्ण सहअस्तित्व समाज निर्माणसम्बन्धी मन्त्री ओनोदा किमी, तथा अन्य सम्बन्धित मन्त्रीहरू उपस्थित थिए।

प्रधानमन्त्री ताकाइचीले भनिन्, ‘जसरी जनसंख्या घट्दै गएको छ र श्रमिक अभाव बढ्दै गएको छ, केही क्षेत्रमा विदेशी जनशक्तिको आवश्यकता बढेको सत्य हो।’ तर केही विदेशी नागरिकहरूले नियम उल्लङ्घन वा अनुचित क्रियाकलाप गर्ने घटनाले जापानी जनतामा असहजता र अन्यायको भावना पनि पैदा गरेको छ।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ताकाइचीले सरकारले विदेशीहरूप्रति विरोधी धारणा र विचारधाराबाट स्पष्ट दूरी कायम गर्दै, यस्ता समस्या समाधान गर्न दृढतापूर्वक कदम चाल्ने बताइन्।

उनीले सम्बन्धित मन्त्रीहरूलाई विदेशी नागरिकहरूसम्बन्धी विद्यमान नियम र प्रणाली पुनरावलोकन गर्न, साथै जमिनको स्वामित्व, प्रयोग र व्यवस्थापनसम्बन्धी नियमहरू सुधार गर्न द्रुतगतिमा कार्य अघि बढाउन निर्देशन दिइन्।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.