बिहीबार, असार १८,२०८३ 05:06:28
Bizshala
  • बिहीबार, असार १८,२०८३ 05:06:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जापानमा चामल अभाव, दक्षिण कोरियाबाट २५ वर्षमा पहिलोपटक गर्यो आयात

Laxmi Sunrise Bank Limited
जापानमा चामल अभाव, दक्षिण कोरियाबाट २५ वर्षमा पहिलोपटक गर्यो आयात

काठमाण्डौ । जापानले २५ वर्ष अवधिमा पहिलोपटक दक्षिण कोरियाबाट चामल आयात गरेको छ । जापान सरकारले चामलको अभावका कारण बढ्दो मूल्य र उपभोक्ताको आक्रोशलाई सम्बोधन गर्ने प्रयास स्वरुप दक्षिण कोरियाबाट लामो समयको अन्तरालपछि चामल आयात गरेको हो ।  

मिडिया रिपोर्टका अनुसार सन् १९९९ पछि पहिलोपटक दक्षिण कोरियाबाट जापानमा चामल आयात भएको हो । सरकारको प्रयासका बाबजुत यतिबेला जापानमा उत्पादन भएको घरेलु चामलको मूल्य आकाशिएको छ ।  

New Office
CG Motors
Garima Development Bank

जापानमा चामलको मूल्य एक वर्षको तुलनामा दोब्बरले वृद्धि भएको छ । जसका कारण भारी भन्सार शुल्कका बाबजुत सस्तो विदेशी  चामलको माग बढेको छ ।  

गत अप्रिल ६  मा जापानमा ५ केजी चामलको औषत मूल्य ४२१४ येन(३० डलर) पुगेको थियो । जुन गत वर्षको तुलनामा दोब्बर हो । यसले जापान सरकारलाई आफ्नो ठूलो चामल भण्डारसम्बन्धी निर्णय लिन बाध्य पारेको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बढ्दो मूल्यलाई नियन्त्रण गर्न मार्च महिनामा जापान सरकारले २ लाख १० हजार टनको चामल भण्डारलाई बजारमा आपूर्ति गर्न सुरु गरेको थियो । तर यसको प्रभाव न्यून देखियो । जापानमा रेकर्डतोड गर्मी, अभावको त्रासले आवश्यकताभन्दा बढी खरिद गरेर भण्डारण  

मध्य मार्च महिनामा जापान सरकारले पहिलो बोलकबोलमा १ लाख ४२ हजार टन चामल बजारमा पठाएको थियो । तर महिनाको अन्त्यमा भने जम्मा ४२६ टन मात्रै सुपरमार्केट र अन्य आउटलेटहरुमा पुगेको थियो ।  

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.