बिहीबार, फाल्गुन २१,२०८२ 05:07:06
Bizshala
  • बिहीबार, फाल्गुन २१,२०८२ 05:07:06
Bizshala
Global IME Bank Limited

जापानमा ताकाइचीको ऐतिहासिक जित, एलडीपीलाई दुईतिहाइ बहुमत

Hyundai Nepal
जापानमा ताकाइचीको ऐतिहासिक जित, एलडीपीलाई दुईतिहाइ बहुमत
Shivam Cement

काठमाण्डौ । जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले समयअगावै गराएको आम निर्वाचनमा ठूलो राजनीतिक जित हासिल गरेकी छन्। आइतबार सम्पन्न निर्वाचनमा उनको नेतृत्वमा रहेको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले प्रतिनिधिसभाका ४६५ सिटमध्ये ३१० भन्दा बढी सिट जित्दै स्पष्ट बहुमत प्राप्त गरेको छ।

दोस्रो विश्वयुद्धपछि जापानमा एउटै दलले तल्लो सदनमा दुई–तिहाइ बहुमत हासिल गरेको यो पहिलो पटक हो। गठबन्धनसहित एलडीपीले ३४० भन्दा बढी सिट सुरक्षित गरेको छ।

निर्वाचनपछि एनएचकेसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ताकाइचीले मतदानका लागि चिसो मौसम र हिउँले ढाकिएका बाटो पार गर्दै आएका मतदातालाई धन्यवाद दिइन्।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

‘मैले आर्थिक तथा वित्तीय नीतिमा ठूलो परिवर्तन ल्याउने जिम्मेवार र सक्रिय नीति अघि सारेकी थिएँ, त्यसका लागि जनताको स्पष्ट म्यान्डेट चाहन्थें,’ उनले भनिन्, ‘धेरैजसो राजनीतिक दलहरू उपभोग कर घटाउने पक्षमा छन्—जस्तै खाद्य सामग्रीमा लाग्ने कर शून्यमा झार्ने, ५ प्रतिशतमा घटाउने, वा सबै वस्तुमा लाग्ने उपभोग कर ५ प्रतिशतमा सीमित गर्ने प्रस्तावहरू छन्। सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीले पनि उपभोग कर कटौतीको पक्षमा चुनावी अभियान चलाएको थियो। यो एक अत्यन्तै महत्वपूर्ण विषय भएकाले यससम्बन्धी छलफललाई तीव्र बनाउन म दलहरूबीचको सहकार्यमा आधारित मञ्च स्थापना गर्न दृढ रूपमा आह्वान गर्न चाहन्छु।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन पाएकी ताकाइची चार महिनाअघि मात्र प्रधानमन्त्री बनेकी थिइन्। उनी जापानको इतिहासमा प्रधानमन्त्री बन्ने पहिलो महिला हुन्। उनको कार्यशैली, सामाजिक सञ्जालमा सक्रियता र अन्तर्राष्ट्रिय नेताहरूसँगको सहज व्यवहारले लोकप्रियता बढाएको विश्लेषकहरू बताउँछन्।

दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङसँग के–पप संगीतमा ड्रम बजाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको छवि अझ चर्चामा आएको थियो।

एलडीपी पछिल्ला वर्षहरूमा राजनीतिक कोष दुरुपयोगसम्बन्धी काण्डका कारण कमजोर बन्दै आएको थियो। आफ्नै लोकप्रियतालाई दलको बलियो जनादेशमा रूपान्तरण गर्ने उद्देश्यले ताकाइचीले संसद् विघटन गरी समयअगावै निर्वाचनको घोषणा गरेकी थिइन्, जुन निर्णय सफल भएको देखिएको छ।

निर्वाचनपछि सामाजिक सञ्जाल एक्समा ताकाइचीले ट्रम्पको समर्थनप्रति आभार व्यक्त गर्दै अमेरिका–जापान गठबन्धनको सम्भावना असीमित रहेको उल्लेख गरिन्। ट्रम्पले पनि सामाजिक सञ्जालमार्फत ताकाइची र उनको गठबन्धनलाई भारी विजय हासिल गरेकोमा बधाई दिएका छन्।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

तल्लो सदनमा दुई–तिहाइ बहुमत प्राप्त गरेसँगै ताकाइची नेतृत्वको गठबन्धनले माथिल्लो सदनको अवरोधलाई बेवास्ता गर्दै विधेयक पारित गर्न र संविधान संशोधन प्रस्ताव गर्न सक्ने स्थिति बनाएको छ। साथै, सबै संसदीय समितिको अध्यक्षता सत्तारूढ गठबन्धनले गर्नेछ।

यो जितले प्रधानमन्त्री ताकाइचीलाई तीव्र रूपमा वृद्ध हुँदै गएको जनसंख्या, बढ्दो जीवनयापन खर्च, कमजोर येन, तथा चीनसँग बिग्रँदै गएको सम्बन्धजस्ता चुनौती सामना गर्न नयाँ जनादेश प्रदान गरेको छ।

यद्यपि, ताइवानबारे उनले संसद्मा दिएको कडा अभिव्यक्तिपछि चीनसँगको सम्बन्ध चिसिएको छ। ताइवानमाथि चिनियाँ आक्रमण भए जापानले सैन्य प्रतिक्रिया दिन सक्ने संकेत गरेपछि बेइजिङले जापानविरुद्ध विभिन्न आर्थिक तथा कूटनीतिक कदम चालेको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.