बिहीबार, जेष्ठ २२,२०८२ 12:08:15
IME remit
  • बिहीबार, जेष्ठ २२,२०८२ 12:08:15
IME remit
Global IME Bank Limited

के हो बाफिया ? किन तर्सिए सेयर लगानीकर्ता ?

Hyundai Nepal
के हो बाफिया ? किन तर्सिए सेयर लगानीकर्ता ?
Nabil Bank Limited

काठमाण्डौ । पछिल्लो समय पूँजीबजारमा फेरि बाफियाको विषयले चर्चा पाउन थालेको छ । बजेटपछि सकारात्मक माहोल बन्ने अपेक्षा राखेका सेयर लगानीकर्ताहरु बजेट भाषणपश्चात घटेपछि अलमलमा परेका छन् । केहीले बाफियाको विषयका बारेमा गभर्नर विश्व पौडेलले दिएको अभिव्यक्तिका कारण बजार घटेको आरोप लगाएका छन् ।  

के हो बाफिया ?

बाफिया भनेको बैंक तथा फाइनान्सियल इन्स्टीच्युसनल एक्ट(बाफिया) २०७३ हो । खासगरि जनआन्दोलन २०६२÷६३ पछि बिभिन्न  पुराना कानूनहरुलाई समयानुकुल संसोधन गरि बाफिया ऐन २०६३ ल्याइएको थियो । जसमा १४ परिच्छेद र १३४ वटा दफाहरु रहेका छन् । पछि २०७३ मा संसोधन गरिएको उक्त ऐनलाई सरकारले २०८० चैतमा प्रतिनिधि सभामा दर्ता गरेको छ । जुन अर्थसमितिमा दफावार छलफल भएता पनि  हालसम्म पारित भएको छैन ।  

CG Motors
Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

के छ बाफिया ऐनमा ?

बिधेयकमा उल्लेखित तीन महले अनुसार मौजुदा ऐनमा मुख्य गरि ३० वटा संसोधन रहेका छन् । जसमा मुख्यगरि बैंकर र व्यवसायी  छुट्टाउने , बैंकको लगानी क्षेत्र , मापदण्ड तय गर्ने , बैंक तथा वित्तीय क्षेत्रको सेयर खरिद बिक्री तथा स्वामित्वको नयाँ व्यबस्था गर्ने , बैंक सञ्चालको योग्यता र क्षमता तोक्ने तथा डिजिटल मूद्रालाई स्वीकार गर्ने जस्ता व्यबस्था बाफिया ऐनमा राखिएको छ ।  

किन तर्सिए सेयर लगानीकर्ताहरु ?

पूँजीबजारमैत्री भनेर चिनिएका गर्भनर विश्वनाथ पौडेलले केही अघि बाफियाको विषयमा अभिव्यक्ति दिएका थिए । उनले बाफियाको विषयमा बोल्नुका साथै एकै व्यक्ति तथा संस्थाहरुलाइ करिब ५ खर्ब कर्जा प्रवाह भएको बताएका थिए । उनको यो अभिव्यक्तिको बारेमा पछिल्लो २ कारोबारमा बजारमा चर्चा चल्यो । जसको कारण सेयर बजामा बिक्री दबाब देखियो । 

Muktinath Bikas Bank Limited

के भन्छन् जानकार ?

नेपाल सेयर बजार लगानीकर्ता संघका अध्यक्ष डा. केशब श्रेष्ठ भन्छन ‘लगानीकर्ताहरुले बाफिया भनेको बैंकर र व्यबसायी छुट्टाउने विषय भएको मात्रै बुझेका छन् । यसले सप्लाई आउला कि भनेर लगानीकर्ताहरु डराएका हुन् । सेयर बजारमा भविष्यमा घट्न सक्ने घटनाले अहिले नै प्रतिक्रिया दिन्छ । बाफिया भनेको अल्पकालको लागि नराम्रो भए ता पनि दीर्घकालको लागि राम्रो नै बिषय हो ।’ गभर्नर नै बोलेपछि लगानीकर्ताहरु तरंगित भएको हुन सक्ने उनले बताए । ‘ बाफिया आएता पनि सँस्थागत लगानीकर्ताहरुलाई समय दिएर आउँछ’ अध्यक्ष श्रेष्ठले भने । यसैगरि एक ब्रोकर हाउसमा भेटिएका लगानीकर्ता बिनोद अर्यालले ‘बाफियाको हल्ला फैलाएर सेयर माफियाले बजार घटाईरहेको आरोप लगाए ।’  

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.