काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ६ अर्ब ६७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने टप १० ब्रोकरहरुमा ७ वटाबाट उच्च खरिद माग भएका छन् भने तीनवटबाट उच्च बिक्री भएको छ ।
आज उच्च खरिद माग भएका ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, भिजन सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
आज उच्च बिक्री गर्ने ब्रोकरहरुमा भने श्रीहरि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र शुभकामना सेक्युरिटिज रहेका छन् । आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज ५९ करोड ५९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५१.२९ प्रतिशत सेयर खरिद भएको छ भने ४८.७१ प्रतिशत सेयर बिक्री भएको छ ।
