काठमाण्डौ । दिनभर उतारचढावपूर्ण रहेको सेयर बजार आज अन्तिममा ३६ अंकले घटेर बन्द भयो । यो सँगै आज नेप्सेको चार्टमा बियरिस प्रकृतिको क्याण्डल बनेको छ ।
यसले घट्दो बजारलाई संकेत गर्छ । डेली बेसमा बोलिङ्गर ब्याण्डबाट आजको बजारलाई नियाल्दा केही समय पहिले अपर ब्याण्डमा प्रतिरोध सामाना गरेर खसेको बजारले अब नजिकको सपोर्ट मध्य ब्याण्डमा लिन सक्छ । म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ तर हिस्टोग्राम भने छोटा–छोटा र फिक्का हुँदै गएका छन् ।
डेलीबेसमा आरएसआई न्यूट्रल जोन ४८ को तहमा चलेको छ । पिभट् प्वइन्टबाट नियाल्दा आज २६५८ विन्दुमा बन्द भएको बजार अब घटेमा क्रमशः २६५०, २६०७ र २५८० विन्दुमा सपोर्ट लिन सक्छ । त्यसैगरि बढेमा भने २६९८ ,२७४० र २७८८ मा प्रतिरोधको सामना गर्नसक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।