काठमाण्डौं । दिनभर सामान्य उतारचढाव रहेको बजार अन्तिममा दोहोरो अंकले घट्यो । आजसम्म नेप्से चार्टमा तीन वटा राता क्याण्डल बनेका छन् । बोलिङ्गर ब्याण्डबाट आजको बजारलाई नियाल्दा आज मध्य ब्याण्ड अर्थात २० दिने मुभिङ एभरेजबाट पनि तल खसेको छ ।
कारोबारले भने अघिल्लो दिनमा नै २० दिने मूभिङ एभरेजबाट तल खसेको थियो । यसरी पछिल्लो बजारलाई मुभिङ एभरेजबाट नियाल्दा कारोबार र सूचक दुवैमा २० दिने मुभिङ एभरेजबाट तल खसेको छ । यसले बजारमा बिस्तारै बिक्री दबाब बढ्दै गएको बुझिन्छ ।
म्याक्डीमा एमएसीडी लाइन र सिग्नल लाइन नजिक हुँदै गरेको देखिन्छ । अर्थात बियरिस क्रसओभर नजिक रहेको देखिन्छ । हिस्टोग्राम पनि फिक्का र छोटा–छोटा हुँदै गएका छन् । आरएसआई न्यूट्रल जोन भन्दा तल चलेको छ । समग्रमा बिभिन्न इन्डिकेटरबाट नियाल्दा बजारमा खरिदकर्ता हराउँदै गएको देखिन्छ ।
नोटः सेयरबजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेष्ण कारोबारका लागी सिफारिस भने होइन ।