काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झण्डै ८ अर्बको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने टप १० ब्रोकरमा ६ वटाबाट उच्च खरिद माग भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।
आज सर्वाधिक खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, एबीसी सेक्युरिटिज, नबिल स्टक डिलर र त्रिशक्ति सेक्युरिटिज पब्लिक कम्पनी रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज र क्यापिटल म्याक्स सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज ७९ करोड ३४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५२.२३ प्रतिशत सेयर खरिद भएको छ भने ४७.७७ प्रतिशत सेयर बिक्री भएको छ ।
