बिहीबार, असार १८,२०८३ 12:51:37
Bizshala
  • बिहीबार, असार १८,२०८३ 12:51:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

क्रेस्ट माइक्रो लाइफको साधारण सभा सम्पन्न, दुईजना सञ्चालक निर्विरोध निर्वाचित

Laxmi Sunrise Bank Limited
क्रेस्ट माइक्रो लाइफको साधारण सभा सम्पन्न, दुईजना सञ्चालक निर्विरोध निर्वाचित

काठमाण्डौ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा जेठ २३ गते, शुक्रबारका दिन बिहान ११ बजे कम्पनीको रजिस्टर्ड कार्यालय, सुर्खेतमा सफलतापूर्वक सम्पन्न भएको हो।  

सभाको प्रारम्भमा प्रमुख कार्यकारी अधिकृत श्री प्रताप मान श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको हालको प्रगति तथा भावी योजनाहरूको संक्षिप्त जानकारी दिएका थिए। त्यसपश्चात् सभामा सञ्चालक समितिका अध्यक्ष ऋषिराज मोरले आफ्नो मन्तव्य सहित कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  

New Office
CG Motors
Garima Development Bank

सभाबाट विभिन्न महत्वपूर्ण प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरिएका छन्। सञ्चालक समितिको प्रतिवेदनमाथि सभामा उपस्थित सेयरधनीहरुले सकारात्मक अभिव्यक्ति दिँदै प्रतिवेदनलाई सर्वसम्मत रूपमा पारित गरिएको छ।  

त्यसैगरी, लेखापरिक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात, आव २०८०/८१ को नाफा÷नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरूलाई छलफल पश्चात सर्वसम्मत रूपमा पारित गरिएको छ। आर्थिक वर्ष २०८१/८२ का लागि बाह्य लेखापरिक्षकको रुपमा जेएन उपाध्याय एण्ड कम्पनीलाई नियुक्त गर्ने निर्णय समेत सभाबाट पारित गरिएको छ। त्यस्तै, सभाले समूह ‘ख’ अन्तर्गत सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालकमा ईश्वर लाल श्रेष्ठ र सुनिता महर्जन निर्विरोध निर्वाचित गरेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सभाको समापनमा संस्थाका अध्यक्ष ऋषिराज मोरले नव निर्वाचित सञ्चालकहरूलाई बधाई ज्ञापन गर्दै उपस्थित सम्पूर्ण सेयरधनी, नियामक निकायका प्रतिनिधि तथा अतिथिहरूप्रति आभार व्यक्त गरे। उनले कम्पनीको भविष्यतर्फ केन्द्रित रणनीतिहरू र संस्थागत सुशासनमा प्रतिबद्धता दोहोर्‍याउँदै सभा विसर्जनको घोषणा गरेका थिए । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.