काठमाण्डौ । अर्थमन्त्री तथा उपप्रधानमन्त्री विष्णुृ प्रसाद पौडेलले नेपाल धितोपत्र बोर्डले अर्थतन्त्रको अवस्था झल्काउने गरी पूँजी बजारको विकास तथा विस्तार गनुैपर्ने बताएका छन् । ललितपुरको कुपण्डोलमा रहेको होटल हिमालयमा आज आयोजित नेपाल धितोपत्र बोर्डको ३३ औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘पूँजी बजारलाई अर्थतन्त्रको ऐना भनिन्छ, अर्थतन्त्रको ऐना भनेकै हुनाले पनि पूँजी बजार हेर्दा हामीले मुलुकको अर्थतन्त्रको उज्वल भविष्य देख्न सकौं । त्यस हिसाबले बजारको विस्तार र विकासको काम गर्न लाग्नुपर्छ । त्य हिसाबले धितोपत्र बोर्डको भूमिका सशक्त हुनेछ भन्ने मैले आशा गरेको छ,’ उनले भने ।
यसका साथै अर्थमन्त्री पौडेलले पूँजी बजारमा समयसापेक्ष रुपमा आवश्यकता अनुसार नयाँ नयाँ इन्स्टु«मेन्ट पनि ल्याउनु पर्ने आवश्कयता औल्याए । उनले धितोपत्र बोर्ड केवल औपचारिक संस्था मात्रै नभई भूमिका र कामको हिसाबले बलियो संस्थाको रुपमा आफूलाई उभ्याउनु पर्नेमा जोड दिए । यसका लागि नेपाल सरकार र अर्थमन्त्रालयको निरन्तर साथ र सहयोग रहिरहने प्रतिबद्धता समे उनले जाहेर गरे ।