काठमाण्डौ । लस एन्जलसका मेयर करेन बासले आप्रवासी छापाहरू विरुद्धको प्रदर्शनलाई सम्बोधन गर्न लस एन्जलसमा आंशिक कर्फ्यू घोषणा गरेकी छन् । आज राति ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु जारी रहने बासले बताइन् । उनले शहरमा ूधेरै क्षति भएका कारण यो आवश्यक भएको बताइन् ।
लस एन्जलसका प्रहरी प्रमुख जिम म्याकडोनेलले सहरमा बढ्दो अशान्ति पछि जीवन बचाउन र सम्पत्तिको सुरक्षा गर्न कर्फ्यू आवश्यक उपाय भएको बताए।
यो अवधिमा कसैले कर्फ्यु उल्लंघन गरे पक्राउ गर्ने उनले बताए । शनिबार २७ जना, आइतबार ४० जना, सोमबार ११४ जना र हालसम्म १९७ जना पक्राउ परेको उनले जानकारी दिए ।
बासले राष्ट्रपति ट्रम्पसँग वार्ताका लागि सम्पर्कमा रहेको बताइन् ।