काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले एक सूचना जारी गर्दै ब्रान्च म्यानेजर र रिलेशनशिप अफिसर पदका लागि दराखास्त आह्वान गरेको हो ।
बैंकले दाङो लमहीका लागि ब्रान्च म्यानेजर एक जना र बाग्लुङ शाखाका लागि रिलेशनसिप अफिसर÷म्यानेजर एक जना माग गरेको छ । इच्छुक आवेदकको न्यूनतम शैक्षिक योग्यता स्नातक तह उत्र्तीण गरेको हुनु पर्नेछ । यद्यपी असिफर स्तरका लागि स्नाकोत्तर तह उत्र्तीण गरेकालाई प्राथमिकता दिइने छ ।
यसका साथै बैंकमा ५ वर्ष काम गरेको अनुभव समेत हुनु पर्नेछ । अफिसर स्तरका लागि आवेदकको न्यूनतम उमेर ४० वर्ष र सहायक स्तरका लागि ३५ वर्ष ननाघेको हुनु पर्नेछ । इच्छुक तथा योग्य आवेदकले आगामी असार १० गतेभित्र आवेदन दिनु पर्नेछ ।