काठमाण्डौ । अमेरिकाले बेलायत र अष्ट्रेलियासँग गरेको पनडुब्बी सम्झौताको समीक्षा सुरु गरेको छ । अमेरिकाले यो सुरक्षा सम्झौता आफ्नो ‘अमेरिका फर्स्ट’ एजेन्डा अनुसार हुनुपर्ने बताएको छ ।
यो त्रिपक्षीय सम्झौतालाई चीनको बढ्दो शक्तिको प्रतिक्रियाको रूपमा हेरिएको छ। अष्ट्रेलियाले अमेरिकाबाट पहिलो आणविक पनडुब्बी प्राप्त गर्नेछ। अस्ट्रेलिया र बेलायतले गत वर्ष आफ्नो समीक्षा गरेका थिए। दुवै देशले अमेरिकी अनुसन्धानलाई सामान्य मानेका छन् र नयाँ प्रशासनले सम्झौताको पुनर्मूल्याङ्कन गर्नु स्वभाविक भएको बताएका छन् ।
अमेरिकाले अष्ट्रेलियालाई आफ्नो सैन्य खर्च जीडीपीको दुई प्रतिशतबाट बढाएर साढे तीन प्रतिशत पुर्याउन दबाब दिइरहेको बेला यो कदम चालिएको हो ।
अहिलेसम्म अस्ट्रेलियाले यसको विरोध गर्दै आएको छ ।
सन् २०२१ मा करिब १७६ अर्ब पाउण्डको यो सम्झौतामा हस्ताक्षर भएको थियो, त्यसबेला तीन देशका विभिन्न नेता यसमा संलग्न थिए ।