सोमबार, जेष्ठ ४,२०८३ 09:11:42
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 09:11:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल बैंकर्स संघद्वारा गभर्नरहरूको स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
नेपाल बैंकर्स संघद्वारा गभर्नरहरूको स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । नेपाल बैंकर्स संघले एक विशेष कार्यक्रमको आयोजना गरी नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई बिदाई तथा नव नियुक्त गभर्नर डा.  विश्वनाथ पौडेललाई स्वागत कार्यक्रमको आयोजना गरेको छ ।    

कार्यक्रममा बोल्दै निवर्तमान गभर्नर अधिकारीले आफ्नो कार्यकालमा बैंकिङ क्षेत्रबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे । उनले कोभिड–१९ महामारीको चुनौतीपूर्ण समयको स्मरण गर्दै, त्यस्तो कठिन अवस्थामा पनि  बैंकहरूले देखाएको सफल  नेतृत्वका लागि धन्यवाद व्यक्त गर्दै अर्थतन्त्रको स्थायित्वमा पुर्याएको सकारात्मक योगदानको प्रसंशा गरे। 

Bizshala
New Office
CG Motors

उनले महामारीपछिको आर्थिक स्थायित्व राष्ट्र बैंकको मात्र उपलब्धि नभई, सम्पूर्ण बैंकिङ क्षेत्रको सहकार्य र साझा प्रयासको परिणाम भएको बताए । निवर्तमान गभर्नर अधिकारीले आफ्नो कार्यकालको अनुभब र सिकाइ साट्दै विगतका केही निर्णयहरू कठिन भए तापनि, ती निर्णयहरू दीर्घकालीन सुधारका लागि आवश्यक भएको बताए  नेपालको बैंकिङ क्षेत्रले बिगत को गल्तिहरु बाट सिक्दै  भविष्यमा त्यस्ता गल्तीहरू दोहोरिन नदिन तर्फसतर्क रहनुपर्ने बताए। उनले भविष्यमा आवश्यक परेमा बैंकिङ क्षेत्रलाई आफ्नो  ज्ञान, अनुभव तथा सल्लाहमार्फत सघाउन आफू सधैं तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरे ।  

Garima Development Bank
Shivam Cement
IME remit

त्यसैगरी, नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पनि नेपालको बैंकिङ क्षेत्रलाइ प्रभावकारी र समग्र अर्थतन्त्रमा स्थायित्वको लागि आफू प्रतिबद्ध रहेको उल्लेख गरे। उनले  नेपाल राष्ट्र बैंकको  वर्तमान नीति र व्यवस्था जुन प्रभावकारी छन्, तिनीहरूमा कुनै ठूलो परिवर्तन नगरी  निरन्तरता दिने र आवश्यक परेको ठाउँमा मात्रै आवश्यक सुधार गर्ने स्पष्ट धारणा राखे ।  गभर्नर पौडेलले आगामी दिनमा बैंकिङ क्षेत्रसँग समन्वय र परामर्शमा आधारित नीति निर्माण गर्ने र नेपाली बैंकिङ क्षेत्रलाई अझ सबल, समावेशी र दीर्घकालीन विकासको दिशामा लैजाने प्रतिबद्धता व्यक्त गरे। त्यसको लागि उहाले सबैको साथ र सहयोगको लागि अनुरोध गरे ।

कार्यक्रममा बैंकिङ क्षेत्रका प्रतिनिधिहरूले निवर्तमान गभर्नरप्रति कृतज्ञता प्रकट गर्दै नव नियुक्त गभर्नरलाई सफल कार्यकालको शुभकामना दिनु भयो ।कार्यक्रममा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू, नायब  कार्यकारी अधिकृतहरूको उपस्थिति रहेको थियो।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.