मंगलवार, जेष्ठ ५,२०८३ 05:38:21
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 05:38:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड, चौतारा शाखाको आयोजनामा असार ५ गते सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–४, कुविण्डेमा निर्जीवन बीमासम्बन्धी सचेतनामूलक छलफल कार्यक्रम सम्पन्न गरिएको छ । कुविण्डे दुग्ध संकलन केन्द्रमा आवद्ध करिब २० जना कृषकहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा बीमाको महत्व, प्रयोग, लाभ र स्थानीय तहमा उपलब्ध निर्जीवन बीमालेखहरूबारे जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रमको उद्देश्य ग्रामीण तथा कृषक समुदायमा बीमाप्रति जनचेतना अभिवृद्धि गर्दै जोखिम व्यवस्थापनमा उनीहरूको पहुँच सुलभ बनाउनु रहेको थियो ।

Bizshala
New Office
CG Motors

कार्यक्रममा कुविण्डे दुग्ध कृषि सहकारीका अध्यक्ष प्रेमप्रसाद सापकोटाले कृषकको जीवनस्तर उकास्न बीमा क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै बीमाको पहुँच विस्तार गर्दै दाबी प्रक्रिया सरल र सहज बनाउन बीमा कम्पनीहरू अझ बढी सक्रिय हुनुपर्ने धारणा व्यक्त गरे ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आगामी दिनहरूमा पनि अन्य स्थानीय तहमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.