शुक्रबार, असार १९,२०८३ 01:59:43
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 01:59:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आईपीओ निश्कासनको प्रक्रिया १५ दिनले छोट्याउने तयारी, वैदेशिक रोजगारीमा रहेकाले पनि ४ दिन पाउने

Laxmi Sunrise Bank Limited
आईपीओ निश्कासनको प्रक्रिया १५ दिनले छोट्याउने तयारी, वैदेशिक रोजगारीमा रहेकाले पनि ४ दिन पाउने

काठमाण्डौ ।  नेपाल धितोपत्र बोर्ड(सेबोन)ले कम्पनीहरुको साधारण सेयरको प्राथमिक निश्कासन(आईपीओ)को प्रक्रियालाई अहिलेको तुलनामा करिब १५ दिनले छोट्याउने भएको छ ।  

आईपीओ निश्कासनको पट्यारलाग्दो अवधिलाई कम्तीमा १५ दिनले छोट्याउने गरी सेबोनले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकाको छैटौं संशोधनलाई पुनः संसोधन गर्न लागेको हो ।  

सेबोनको आगामी साता बस्ने बोर्ड बैठकले आईपीओ निश्कासनको प्रक्रियालाई छोट्याउने विषय पारित गर्नेछ । त्यसबाहेकका बाँकी सबै गृहकार्य पूरा भएको बोर्डस्थित उच्च स्रोतले जानकारी दियो ।  

New Office
CG Motors
Garima Development Bank

धेरै कम्पनीहरुको आईपीओ पाइपलाइनमा रहेको र तिनको स्वीकृतिलाई पनि तीव्र पार्नुअघि सेबोनले समग्र प्रक्रियालाई नै छोट्याउने विषयलाई टुंग्याउन लागेको हो ।  

यही नीतिअन्तर्गत आईपीओ खरीदका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुले आवेदन दिनका लागि पाउने अवधिलाई पनि छोट्याएर सर्वसाधारणलाई झै ४ दिन मात्र उपलब्ध गराइने नयाँ व्यवस्था हुनेछ । चार दिनभित्र कुनै कम्पनीको आईपीओ नबिके अरुलाईजस्तै वैदेशिक रोजगारीमा रहेकाले समेत थप १५ दिन समय पाउनेछन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हालको व्यवस्थाअनुसार, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले आईपीओ (प्राथमिक शेयर निष्कासन) भर्नका लागि सुरुमै १५ दिनको आवेदन अवधि पाउँछन् ।  

नेपाल धितोपत्र बोर्डको निर्देशिका अनुसार, कम्पनीहरूले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि कम्तीमा १० प्रतिशत शेयर आरक्षित गर्नुपर्ने व्यवस्था गरिएको छ । सर्वसाधारणका लागि आईपीओ जारी गर्नुअघि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी गर्ने गरिन्छ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.