आईतवार, असार १५,२०८२ 11:43:43
  • आईतवार, असार १५,२०८२ 11:43:43
Global IME Bank Limited

जीवन बीमा कम्पनीहरुले संकलन गरे साढे १ खर्ब प्रिमियम, सबैको व्यवसाय ग्रोथ

Hyundai Nepal
जीवन बीमा कम्पनीहरुले संकलन गरे साढे १ खर्ब प्रिमियम, सबैको व्यवसाय ग्रोथ
Nabil Bank Limited

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले साढे एक खर्ब प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुले चालु आवको ११ महिनासम्ममा १ खर्ब ५४ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । यो बीमाशुल्क गत आवको सोही अवधिसम्मको तुलनामा १५.२९ प्रतिशत बढी हो । 

गत आवको सोही अवधिसम्म जीवन बीमकहरुले १ खर्ब ३३ अर्ब ६२ करोड ५९ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए । गत आवको तुलनामा सबै जीवन बीमा कम्पनीको व्यवसाय उल्लेख्य बृद्धि भएको छ देखिएको छ । सो अवधिसम्म सबैभन्दा बढी नेपाल लाइफले बीमाशुल्क संकलन गरेको छ । कम्पनीले ४१ अर्ब २ करोड ४४ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको यो व्यवसाय गत आवको तुलनामा १५.३५ प्रतिशत बढी हो । गत आवको सो अवधिसम्म कम्पनीले ३५ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ प्रिमियम संकलन गरेको थियो । नेपाल लाइफको यो व्यवसाय कुल व्यवसायको २६.६२ प्रतिशत हिस्सा हो ।

त्यस्तै, नेशनल लाइफले १८ अर्ब ९० करोड, एलआइसी नेपालले १७ अअर्ब २४ करोड, हिमालयन लाइफले १५ अर्ब २२ करोड, सूर्यज्योति लाइफले ९ अर्ब ४५ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ६ करोड, एशियन लाइफले ७ अर्ब ८६ करोड, सिटिजन लाइफले ६ अर्ब ३२ करोड, सानिमा रिलायन्स लाइफले ५ अर्ब ९० करोड, मेट लाइफले ५ अर्ब ५४ करोड, आइएमई लाइफले ४ अर्ब ७२ करोड, रिलायबल नेपाल लाइफले ४ अर्ब ५५ करोड, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब ५४ करोड र सन नेपाल लाइफले ३ अर्ब ७३ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् । गत आवको तुलनामा सबैभन्दा बढी व्यवसाय बृद्धि गर्नेमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ ।कम्पनीको व्यवसाया ५१.२० प्रतिशतले बढेको छ ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.