काठमाण्डौ । विश्वका सबैभन्दा धनी व्यापारी एलन मस्कको राजनीतिमा प्रवेशले सेयर बजारमा पनि असर परिरहेको छ । अमेरिकी लगानी फर्म अजोरिया पार्टनर्सले हाल टेस्लामा आधारित आफ्नो नयाँ ईटीएफ (क्सचेन्ज ट्रेडेड फन्ड( सुरु गर्ने योजना स्थगित गरेको छ।
अजोरिया पाटनर्स ले अर्को हप्ता अजोरिया टेस्ला कन्वेक्सिटी इटीएफ सुरु गर्ने तालिका थियो, जसले टेस्ला सेयर र विकल्पहरूमा लगानी गर्ने योजना रहेको थियो। मस्कले नयाँ राजनीतिक पार्टीको घोषणा गरेपछि, अजोरियाका सीईओ जेम्स फिसबाकले सामाजिक सञ्जालमा मस्कको राजनीतिक महत्वाकांक्षामाथि प्रश्न उठाएका छन् ।
उनले राजनीतिले टेस्लाको सीईओको रूपमा मस्कको जिम्मेवारीलाई असर गर्न सक्ने बताए। फिस्बाचले भने ‘म टेस्लाको बोर्डलाई तुरुन्तै भेट्न र मस्कलाई स्पष्ट रूपमा सोध्न आग्रह गर्दछु कि उनको राजनीतिक महत्वाकांक्षा टेस्ला सीईओको भूमिकासँग मेल खान्छ कि छैन।’
एलन मस्कले शनिबार अमेरिकामा नयाँ राजनीतिक पार्टी गठन गर्ने घोषणा गरेका छन् । उनले यसलाई ‘अमेरिका पार्टी’ नाम दिएका छन् ।