मंगलवार, जेष्ठ ५,२०८३ 05:27:47
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 05:27:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आयुर्वेदिक औषधी उत्पादन विदेश निर्यातका लागि सघाउन जिएमपी प्रमाणपत्र दिने स्वास्थ्यमन्त्रीको निर्णय

Laxmi Sunrise Bank Limited
आयुर्वेदिक औषधी उत्पादन विदेश निर्यातका लागि सघाउन जिएमपी प्रमाणपत्र दिने स्वास्थ्यमन्त्रीको निर्णय
Shivam Cement

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आयुर्वेदिक औषधी तथा परम्परागत चिकित्सा उत्पादनको उत्पादनलाई निर्यात गर्न मिल्ने गरी मापदण्ड स्वीकृत गरेका छन् ।

विभिन्न कम्पनीहरुले आयुर्वेदिकसहितका परम्परागत चिकित्सा प्रणालीका औषधी उत्पादन गर्दै आएको भए पनि अन्तर्राष्ट्रिय मापदण्डको प्रमाणपत्र दिने अभ्यास थिएन ।

औषधी विदेश निर्यात गर्न अति आवश्यक मानिने कुशल उत्पादन अभ्यास (जिएमपी) मापदण्ड प्रमाण आवश्यक भए पनि नेपालमा हालसम्म यो दिने गरिएको छैन ।

Bizshala
New Office
CG Motors

यस समस्यालाई सम्बोधन गर्न मन्त्री पौडेलले औषधी उत्पादन कुशल अभ्यास दोश्रो संहिता स्वीकृत गरेका हुन् । यसका लागि उत्पादकले पूरा गर्नुपर्ने प्रक्रिया, भण्डारण, आधुनिक विधि लगायत समग्र विषयको मापदण्ड पालना गर्नुपर्नेछ ।

संहिताअन्र्तगतको मापदण्ड पालना भएमा नेपाली आयुर्वेदसहितका परम्परागत उत्पादकले औषधी व्यवस्था विभागबाट निर्यातका लागि आवश्यक पर्ने जिएमपी मापदण्डको प्रमाण प्राप्त गर्नेछन् ।

यसले नेपाली आर्युर्वेद, होमियोप्याथीसहितका औषधी उत्पादनमा संलग्नलाई आफ्ना स्तरीय उत्पादनको निर्यातबाट लाभ लिने बाटो खुला भएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताए ।

हाल एलोप्याथिक औषधीले यस्तो प्रमाण पाए पनि परम्परागत औषधीले नपाउँदा वैधानिक निर्यात गर्न सकेका थिएनन् । अब यो समस्या हट्नेछ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.