काठमाण्डौ । खानीखोला हाइड्रोपावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले निष्कासन गर्न लागेको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता २६४.५६ रुपैयाँ कायम भएको छ । समायोजअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४२९.११ रुपैयाँ कायम थियो । आगामी कारोबारदेखि नयाँ समायोजित मूल्यका आधारमा कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीले शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असार १० गते अनुमति पाईसकेको छ ।
कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि असार २७ गते एक दिनका लागि बुक क्लोज गर्दैछ । यसर्थ असार २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदमा खरिद आवेदन दिन योग्य हुनेछन् ।
कम्पनीले अब प्रति सेयर रू. १०० दरका ४६ करोड ५७ लाख १४ हजार कित्ता साधारण सेयर हकप्रद निष्कासन गर्नेछ ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।