बुधबार, असार १७,२०८३ 05:20:22
Bizshala
  • बुधबार, असार १७,२०८३ 05:20:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जनसंख्याका चुनौती सम्बोधन गर्न राष्ट्रिय जनसंख्या नीतिः स्वास्थ्य मन्त्री पौडेल

Laxmi Sunrise Bank Limited
जनसंख्याका चुनौती सम्बोधन गर्न राष्ट्रिय जनसंख्या नीतिः स्वास्थ्य मन्त्री पौडेल

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जनसंख्या वृद्धिदर घट्दै गएको र युवा जनसांख्यिकीय लाभांश लिन नसकिएको र जनसांख्यिकीय चुनौती सम्बोधनका लागि सरकारले प्रयास थालेको बताएका छन् ।

विश्व जनसंख्या दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले  नेपाल सरकारबाट हालै राष्ट्रिय जनसंख्या नीति, २०८२ स्वीकृत भएको जानकारी दिए।

’नेपालको अहिले देखिएको जनसांख्यिकीय चुनौतीलाई समाधान गर्न यो नीतिलाई मार्गदर्शनका रूपमा अंगीकार गर्दै तीनै तहका सरकारमार्फत प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन हुने विश्वास लिएको छु,’ उनले भने ।

New Office
CG Motors
Garima Development Bank

नेपालको जनसंख्याको वर्तमान बनावट, वितरण र संरचनासँगसँगै देखापरेका अवसर र चुनौतीहरूलाई उचित सम्बोधन गर्न सरकारले प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको भन्दै मन्त्री पौडेलले सन्देशमा भनेका छन् ।

’ज्येष्ठ नागरिकहरूको संख्या वृद्धि हुँदै गएको सन्दर्भमा उनीहरूको ज्ञान, सिप र क्षमतालाई अन्तरपुस्ता सञ्चार गर्न, युवा जनसंख्याले चाहेजस्तो पारिवारिक आकार र वातावरण निर्माण गर्न तथा पारिवारिक सद्भाव कायम राख्न जनसंख्याको प्रभावकारी व्यवस्थापन गर्नु आजको आवश्यकता हो,’ मन्त्री पौडेलले भने ।

मन्त्री पौडेलले राष्ट्रिय जनसंख्या  नीतिको कार्यान्वयनमा सम्बन्धित सबै पक्षको सहयोग र सकारात्मक सुझावको अपेक्षा गर्दै विश्व जनसंख्या दिवसको सन्देशलाई साकार पार्न हामी सबैको साझेदारी तथा समन्वयको अपेक्षा गरेको छु। नेपालको जनसंख्यालाई उच्चतम सदुपयोग गर्न तथा युवा पुस्ताको सपना साकार पार्ने अभियानमा एकताबद्ध हुन आह्वान पनि गरेका छन्  ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.