शुक्रबार, असार २७,२०८२ 07:04:02
  • शुक्रबार, असार २७,२०८२ 07:04:02
Global IME Bank Limited

‘स्मार्ट मनी’ कन्सेप्टबाट नियाल्दा बुलिस बन्दै बजार, यो साता भयो ‘चेन्ज अफ क्यारेक्टर ’

Hyundai Nepal
‘स्मार्ट मनी’ कन्सेप्टबाट नियाल्दा बुलिस बन्दै बजार, यो साता भयो ‘चेन्ज अफ क्यारेक्टर ’
Shivam Cement

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता पनि ५ दिन नै सेयर कारोबार भएको थियो । यो साता ५ दिन कारोबारमा बजार ३  दिन बढ्यो भने २ दिन मात्रै घट्यो । अघिल्लो साता २ हजार ७०४ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७३१.८ को विन्दुमा बन्द भयो ।  

यस हिसाबले यो साता नेप्सेमा करिब २८ अंकको सुधार आयो । अघिल्लो साता नेप्से परिसूचक १०८.२६ अंकले बढेको थियो । यो साता दोस्रो बजारमा ५ दिनको कारोबारमा ४१.५८ अर्बको सेयर कारोबार भयो । अघिल्लो साता बजारमा ३९ अर्ब ९३ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।  

यस हिसाबले यो साता बजारमा कारोबार र सूचक दुबैमा बढोत्तरी आयो । यो साता बजार बढ्दा बजार पूँजीकरण ४५ खर्ब ५१ अर्ब पुग्यो । अघिल्लो साता यस्तो बजार पूँजीकारण ४५.०५ खर्ब कायम थियो । यस हिसाबले यो साता बजार बढ्दा लगानीकर्ताहरुको सम्पति ४६ अर्बले बढ्यो ।  

प्राविधिक पक्षः  

स्मार्ट मनी कन्सेप्ट भनेको के हो ?

स्मार्ट मनी कन्सेप्ट भनेको ‘स्मार्ट मनी’ले प्रयोग गर्ने ट्रेडिङ रणनीतिहरू हुन् । खासगरि यस्ता रणनीति अपनाउने भनेका बैंक, हेज फण्ड, म्युचुअल फण्ड र पेन्सन फण्ड जस्ता वित्तीय व्यवसायीहरू हुन् । स्मार्ट मनीले गर्ने त्यस्तो कारोबार रणनीति भनेको खासगरि २ वटा हुन्छन् ।  

जसमा मुख्यगरि चेन्ज अफ क्यारेक्टर र ब्रेक अप स्टक्चर हुने गर्छन । यसमा पनि बुलिस र बियरिस ब्रेक अप स्ट्रक्चर र चेञ्ज अफ क्यारेक्टर रहने गर्छन् ।  चेन्ज अफ क्यारेक्टरले ट्रेन्ड परिवर्तन हुँदै गरेको संकेत गर्छ । त्यसै गरि ब्रेक अप स्टक्चरले टेन्ड निरन्तरताको संकेत गर्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

स्मार्ट मनीका आधारमा हालको बजारको अवस्था कस्तो ?

अघिल्लो साता २७ सय माथि उक्लिएको बजारले यो साता यो विन्दु भन्दा माथि टिकेर कारोबार गरको छ । अर्थात यसअघि बियरिस क्यारेक्टरमा चलेको बजारले यो साता २७ सयको विन्दुबाट बुलिस क्यारेक्टर चेञ्ज गरेको देखिन्छ ।  

जसलाई स्मार्ट मनी कन्सेप्टबाट नियाल्दा इन्टरनल चेञ्ज अफ क्यारेक्टर भएको देखिन्छ । यदि बजार आगामी कारोबारमा २७६० भन्दा माथि भोल्युमसहित लाग्छ भने बजारले एक्सट्रनल चेञ्ज अफ क्यारेक्टर बनाएको बुझिने छ ।  

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई  

साप्ताहिक रुपमा बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा लामो समयपछि बजार आज मध्य ब्याण्डबाट माथि लागेको छ । म्याक्डीबाट नियाल्दा एमएसीडी लाइन र सिग्नल लाइन करिब बुलिस क्रसओभर नजिक रहेको छ । हिस्टोग्राम नेगेटिभ रहेता पनि फिक्का र छोटा हुँदै गएका छन् । आरएसआई न्यूट्रल जोनबाट माथी लागेको छ । समग्रमा माथिका इन्डिकेटरबाट नियाल्दा बजार बिस्तारै बुलिस यात्रा तय गर्दै गरेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २८५२

प्रतिरोध २ – २७८९

प्रतिरोध १–  २७१०

पिभट् प्वइन्टः २६४७

घटेमा सपोर्ट 

सपोर्ट १– २५६८

सपोर्ट २– २५०८

सपोर्ट  ३ –२४२६

निष्कर्षः यो साताको पाँच कारोबारमा नेप्से करिब २८ अंकले सुधार आयो । अघिल्लो साता नेप्सेमा १०८ अंकले बढोत्तरी आयो । स्मार्ट मनी कन्सेप्टबाट नियाल्दा यो साता बजारले २७ सयको बिन्दुबाट बुलिस  क्यारेक्टर चेञ्ज गरेको देखिन्छ । जसलाई स्मार्ट मनी कन्सेप्टबाट नियाल्दा इन्टरनल चेञ्ज अफ क्यारेक्टर भएको देखिन्छ । यदि बजार आगामी कारोबारमा भोल्युमसहित २७६० विन्दु भन्दा माथि लाग्छ भने बजारले एक्सट्रनल चेञ्ज अफ क्यारेक्टर पनि बनाएको बुझिनेछ । विभिन्न इन्डिकेटरबाट नियाल्दा पनि बजारमा घट्ने क्रम रोकिएर बिस्तारै माथिको यात्रा लिँदै गरेको देखिन्छ ।  

पिभट् मार्फत नियाल्दा यो साता पनि बजार पिभट् प्वइन्ट २६४७ भन्दा माथि बन्द भएको छ ।

क्षेत्रगत रुपमा यो साताको बजारलाई नियाल्दा यो साता वाणिज्य बैंक , लघुबित्त , लगानी , अन्य , होटल्स, कारोबार र सामूहिक लगानीकोषमा हरियाली छायो भने बाँकीमा रातो पोतियो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.