मंगलवार, असार १६,२०८३ 09:49:04
Bizshala
  • मंगलवार, असार १६,२०८३ 09:49:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिटिजन्स बैंकको सञ्चालक इला शर्माको हृदयघातका कारण निधन

Laxmi Sunrise Bank Limited
सिटिजन्स बैंकको सञ्चालक इला शर्माको हृदयघातका कारण निधन

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडकी सञ्चालक इला शर्माको करिब ६० वर्षको उमेरमा आज निधन भएको छ ।  

पूर्व निर्वाचन आयुक्त समेत रहेकी शर्माको हृदयघातका कारण आज(शनिवार) साँझ निधन भएको हो ।  

शनिवार समेत उनी विभिन्न कार्यक्रममा सहभागी भएकी थिइन् । विभिन्न कार्यक्रममा सहभागिता जनाई घर आएकी उनलाई साँझपख हृदयघात भएको र थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । हाल उनको पार्थिव शरीर अस्पतालमै राखिएको छ । 

New Office
CG Motors
Garima Development Bank

'भोलि बिहान करिब ९ १० बजे उहाँको पार्थिव शरीर कुपण्डोलस्थित घरमा लगिनेछ। दिल्लीमा रहेकी छोरी आएपछि भोलि दिउँसो अन्त्येष्टि गरिने कुरा आएको छ ।' सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरलले भने-'यो दुःखद खबर सुनाउदा मलाई पनि धेरै दुःख लागेको छ। दुई दिनअघि मात्र हामी राष्ट्र बैंकको टोलीसँग एएमएल सिफ्टि सम्बन्धी बैठकमा सँगै थियौं। उहाँ समितिको संयोजक पनि हुनुहुन्थ्यो। हिजो मात्र हामी संचालक समितिको बैठकमा सँगै थियौं। उहाँ सबै बैठकमा सक्रिय सहभागी हुनुहुन्थ्यो।'  

शर्मासँग त्रिभुवन विश्वविद्यालयबाट एलएलएम, सार्वजनिक अन्तर्राष्ट्रिय कानुन र मानव अधिकार विषयमा एलएलएम युनिभर्सिटी अफ हल, युकेइन इन्टरनेसनल बिजनेस लबाट अन्तर्राष्ट्रिय व्यापार र विकास अध्ययन, कानुन, मिडिया, जनसम्पर्क, शिक्षा र विकास क्षेत्रसहित विभिन्न क्षेत्रमा काम गरेको ३५ वर्ष बढी अनुभव थियो। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

निर्वाचन आयोगकी पूर्व आयुक्तसमेत रहेकी शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको अध्यक्षता समेत गरेकी थिइन्।

उनले काठमाडौं विश्वविद्यालय, स्कुल अफ ल र ओस्लो विश्वविद्यालयको नर्वेजियन सेन्टर फर ह्युमन राइट्ससँगको सहकार्यमा नेपालको निर्वाचन आयोगले प्रदान गरेको एकेडेमिक मास्टर्स कोर्सको डिजाइन र अध्यापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।  

यस्तै, शर्माले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र यूएनडीपी परियोजनाका लागि राष्ट्रिय परामर्शदाताको रूपमा काम गरेकी थिइन्।

विभिन्न आईएनजीओको अन्तर्राष्ट्रिय वकालत नेटवर्कमा संलग्न शर्माले संयुक्त राष्ट्रसंघमा मानव अधिकार, अन्तर्राष्ट्रिय व्यापार र विकासका मुद्दामा रणनीति र कार्ययोजनामा रहेर काम गरेकी थिइन् ।  

फुड फस्र्ट इन्फर्मेसन एक्शन नेटवर्क फियाने नेपालको कार्यकारी समितिमा संस्थापक उपाध्यक्ष र साउथ एसियन वुमन इन मिडियाको कार्यकारी समितिका साथै साउथ एसिया वाचको कार्यकारी समितिको बोर्डमा पनि काम गरेकी थिइन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.