सोमबार, असार ३०,२०८२ 10:28:46
  • सोमबार, असार ३०,२०८२ 10:28:46
Global IME Bank Limited

एयर इण्डियाको विमान दुर्घटनाको मुख्य कारण इन्जिन फ्युल बन्द हुनु, पाइलटबीचको वार्तालाप रहस्यमयी

Hyundai Nepal
एयर इण्डियाको विमान दुर्घटनाको मुख्य कारण इन्जिन फ्युल बन्द हुनु, पाइलटबीचको वार्तालाप रहस्यमयी
Shivam Cement

काठमाण्डौ । भारतको अहदाबादमा गत जुन १२ गते भएको एयर इण्डियाको विमान दुर्घटनाका विषयमा भारतीय विमान दु्र्घटना जाँच ब्यूरो(एएआईबी)ले आफ्नो प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा केही आश्चर्य चकित पार्ने तथ्यहरु सार्वजनिक भएका छन् ।  

प्रतिवेदनबाट विमानले टेकअफको केही समयपश्चात विमानको दुबै इन्जिन अचानक आफै बन्द भएको र यही कारण विमान दुर्घटनामा परेको थाहा पाउन सकिन्छ । एएआईबीले सार्वजनिक गरेको १५ पुष्ठ लामो प्रतिवेदनका अनुसार विमानले बिहान ८.०८ बजे १८० नट्सको अधिकतम इन्डिकेटेड एयरस्पिड(आइएएस) हासिल गरेको थियो । यसको केही समयपछिनै इन्जिन–१ र इन्जिन–२ को फ्युल कट–अफ स्विच(जसले इन्जिनलाई इन्धन आपूर्ति गर्छ) ‘रन’बाट ‘कटअफ’ पोजिशनमा गयो र त्यो पनि केवल एक सेकेण्डको अन्तरालमा । यो घटनापनि इन्जिनमा इन्धन आउन बन्द यो र दुवै इन्जिनको एनवान र एनटु रोटेशन स्पिड तीव्र गतिमा घट्न थाल्यो ।  

प्रतिवेदनमा यो पनि खुलासा भएको छ कि ककपिट भ्वाइस रेकडरमा इन्जिन बन्ददेखि लिएर पाइलट तथा को–पाइलटबीच वार्तालाप समेत भएको थियो । प्रतिवेदनका अनुसार पाइलट सुमीत सभरवालले आफ्नो को–पाइलट क्लाइव कुन्दरलाई प्रश्न गरेको थिए, ‘तपाईले इन्जिन फ्युल किन बन्द गर्नुभो ?’ यसको जवाफमा को–पाइलट क्लाइव कुन्दर भन्छन्, ‘मैले केही पनि गरेको छैन ।’ दुवै पाइलटले इन्जिन बन्द गरेको अस्विकार गरेका कारण यो वार्तालापले यस दुर्घटनालाई अझै रहस्यमी बनाएको छ ।

Muktinath Bikas Bank Limited

यस्तोमा सम्भावित प्राविधिक गडबढीका कारण दुर्घटना भएको हुन सक्ने जनाइएको छ । तथापी प्रतिवेदनमा बोइङ ७८७–८ विमान वा यसको इन्जिन बनाउने कम्पनीलाई चेतावनी दिने खालको कुनैपनि  प्रमाण फेला नपरेको समेत प्रतिवेदनमा उल्लेख छ ।  

रिपोर्टका अनुसार दुवै इन्जिनमा रिलाइटको प्रक्रिया सुरु भएको थियो । इन्जिन–१ केही हदसम्म रिकभर हुन थालेको थियो तर इन्जिन–२ ले भने  पूर्ण रुपमा स्पीड रिकभर गर्न सकेन । यसबीचमा एपीयु(एक्जुलरी पावर युनिट) पनि अटो टेस्ट मोडमा सक्रिय भयो । तर त्यसले पनि विमानलाई स्थिर गर्न भने सकेन ।  

विमानस्थलको सीसीटीभी फुटेजको अध्ययन गर्दा टेकअफ हुनु वित्तिकै विमानको राम एयर टर्बुलेन्स(र्याट) अर्थात आपतकालिन पंखा बाहिर आएको देखिएको छ । आम रुपमा र्याट तबमात्रै बाहिर आउछ जब विमानको विद्युत आपूर्तिमा समस्या उत्पन्न हुन्छ । यसको अर्थ इन्जिन बन्द भएका कारण विमानको मुख्य पावर सप्लाई पनि प्रभावित बनेको हुनसक्छ ।  

प्रतिवेदनमा इएएफआर रेकडिङ ८ः०९ः११ बजे रोकिएको जनाइएको छ । यसअघि लगभग ८ः०९ः०५ बजे एक जना पाइलटले मे डे मे डे मे डे भन्दै कल पठाएका थिए । यसमाथि एयर ट्राफिक कन्ट्रोल(एटीसीओ)ले प्रतिक्रिया दियो तर जवाफ केही पनि आएन । एटीसीओले विमानलाई रनवे पार हुनुभन्दा अघि तल खसेको देख्यो र आपतकालिन सेवा सक्रिय गरे ।  

प्रतिवेदनमा विमानले विमानस्थलको परिधी पर्खाल पार गुर्नअघि नै उचाई गुमाउन थालेको थियो । जाँचमा विमानको दिशामा कुनैपनि चरा भएको कुनैपनि संकेत देखिएको छैन । यसबाट बर्ड हिटका कारण विमान दुर्घटना भएको सम्भावना पूर्ण रुपमा खारेज हुन्छ ।  

एएआईबीका अनुसार दुर्घटनास्थलमा ड्रोन फोटोग्राफि तथा भिडियोग्राफी गरिएको छ र भविष्यमा जाँच गर्नका लागि दुर्घटनाको भग्नावषेश सुरक्षित राखिएको छ ।  

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.