काठमाण्डौ । अघिल्लो दिन २९ अंकले बढेको सेयर बजार आज ३५ अंकले घटेर बन्द भएको छ । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा बियरिस प्रकृतिको क्याण्डल बनेको छ ।
पछिल्लो ४ महिना यताको बजारलाई नियाल्दा बजारले ४ महिनामा ४ पटक नै २८ सयको विन्दुमा प्रतिरोध सामना गरेको छ । यस पटिकपनि आइतबारको कारोबारमा ग्याप अप ओपनिङ सहित शुटिङ स्टार बनेको छ । जुन आज ग्याप अप ओपनिङलाई फिल गर्न आएको देखिन्छ ।
आज २७२५ विन्दुमा बन्द भएको बजारले अब नजिकको प्रतिरोध २७ सय विन्दु आसपासमा लिन सक्छ । कारोबार तथा भोल्युमबाट नियाल्दा आज बजारमा २० दिनकै औषतबराबर कारोबार भएको देखिन्छ । पिभट् मार्फत हालको बजारलाई नियाल्दा क्रमशः २७१३,२६८० र २६३१ विन्दुमा सपोर्ट लिन सक्छ भने बढेमा २७६०, २७९२ र २८४२ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।