बिहीबार, श्रावण १,२०८२ 09:32:31
  • बिहीबार, श्रावण १,२०८२ 09:32:31
Global IME Bank Limited

हिमालयन एभरेष्ट इन्स्योरेन्सले आर्जन गर्यो ४.०३ अर्ब प्रिमियम

Hyundai Nepal
हिमालयन एभरेष्ट इन्स्योरेन्सले आर्जन गर्यो ४.०३ अर्ब प्रिमियम
Shivam Cement

काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आर्थिक वर्ष २०८१÷८२ को असार मसान्तसम्म रु ४.०३ अर्ब प्रिमियम आर्जन गरेको छ । यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा दोहोरो अंकले बढी भएको कम्पनीले जनाएको छ ।  

यसैगरि, समीक्षा अवधिमा कम्पनीले कुल १ अर्ब ६५ करोड कुल दाबी भुक्तानी गरेको छ । छिटो छरितो र सहज हिसाबबाट नियामकीय व्यवस्था अनुरुप दाबी फछ्र्यौट गर्दै ग्राहक सेवामा अब्बल रहन निरन्तर प्रयास कायम रहने कम्पनीले जनाएको छ ।

Muktinath Bikas Bank Limited

वार्षिक उपलब्धि हासिल गरेपछि भिडियोमार्फत सबैलाई सम्बोधन गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले यो उपलब्धीले नयाँ उर्जा, आशा र आत्मविश्वास मिलेको उल्लेख गरिन् । यो सबैका लागि नयाँ बेन्चमार्क हुने जसलाई आधार मानेर थप उचाइमा पुग्ने अपेक्षा उनले गरिन् । उनले अबको आर्थिक वर्षमा कम्पनीले ग्राहक सन्तुष्टि र सम्बन्ध सुदृढीकरणलाई निरन्तरता दिँदै डिजिटाइजेसन र प्राविधिक आधुनिकीकरणलाई प्राथमिकता दिएको समेत जानकारी दिइन् ।  

प्राकृतिक प्रकोप लगायतका कारणबाट भएको क्षतिको दाबी फछ्र्यौट विशेष प्राथमिकतामा रहने कम्पनीले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X