बिहीबार, असार १८,२०८३ 05:25:11
Bizshala
  • बिहीबार, असार १८,२०८३ 05:25:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मस्कको कम्पनीले बालबालिकाका लागि एप लञ्च गर्ने, अभिभावकले निगरानी गर्न सक्ने

Laxmi Sunrise Bank Limited
मस्कको कम्पनीले बालबालिकाका लागि एप लञ्च गर्ने, अभिभावकले निगरानी गर्न सक्ने

काठमाण्डौ । एलन मस्कको कम्पनी एक्स एआईले बालबालिकाका लागि सुरक्षित र प्रयोगकर्तामैत्री एआई एप लन्च गर्ने तयारी गरेको छ । मस्कले आइतबार यसबारे घोषणा गर्दै नयाँ एप ‘बेबी ग्रोक’ चाँडै लन्च गरिने बताए ।  

यो एप बालबालिकाका लागि पूर्ण रूपमा सुरक्षित र उनीहरूको उमेर अनुसार सामग्री उपलब्ध गराउने मस्कले बताए । बेबी ग्रोक पूर्ण रूपमा बालबालिकाका लागि डिजाइन गरिनेछ, जसले ‘ऐज एप्रोप्रियट’ क्युरेटेड कन्टेन्ट प्राप्त हुनेछ र कुनै पनि एडल्ट वा संवेदनशील सामग्रीलाई रोक लगाउनेछ ।  

New Office
CG Motors
Garima Development Bank

एपमा अभिभावकहरूका लागि पनि नियन्त्रण हुनेछ, त्यसैले उनीहरूले एपको प्रयोग र सेटिङहरू निगरानी गर्न सक्नेछन् । यसअघि एक्सएआईले आफ्नो एआई च्याटबोट ग्रोकमा नयाँ फिचर लञ्च गरेको थियो, जसलाई ‘कम्पेनियन्स’ नाम दिइएको थियो। यसमा दुई एनिमेटेड क्यारेक्टरहरू छन्– फ्लर्टी जापानी एनिमे क्यारेक्टर ‘एनी’ र क्रोधित रेड पान्डा ‘ब्याड रुडी’ ।  

यी दुवैले प्रयोगकर्ताहरूसँग अन्तरक्रिया गर्न सक्छन्, तर तिनीहरूको व्यवहारले विवाद सिर्जना गरेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.