मंगलवार, असार १७,२०८२ 11:11:53
  • मंगलवार, असार १७,२०८२ 11:11:53
Global IME Bank Limited

उछालको गतिमा दौडिरहेको भारतको सेयर बजार एकाएक क्र्यास, के हो कारण ?

Hyundai Nepal
उछालको गतिमा दौडिरहेको भारतको सेयर बजार एकाएक क्र्यास, के हो कारण ?
Nabil Bank Limited

काठमाण्डौ । भारतीय सेयर बजार एकाएक क्र्यास भएको छ । बुधबार त्यहाँको सेयर बजारमा हलचल पैदा हुने गरी पहिरो गएको हो ।  

साताको तेश्रो कारोबार दिन बुधबार एकपटक फेरि भारतको सेयर बजार क्र्यास भएको छ ।  

निकै ठूलो उछालको गतिमा खुलेको त्यहाँको सेयर बजार अन्त्यमा क्र्यास भएर बन्द भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

CG Motors
Muktinath Bikas Bank Limited

सेन्सेक्स परिसूचक ६०० अंक र निफ्टी २०० अंकभन्दा बढीले घटेका छन् । यो क्रममा पेटिएमदेखि अडानी ग्रुपको सेयरहरुमा भीषण पहिरोहरु गए ।  

हरियोबाट सुरु, अचानक पहिरो

सेयर बजारको बुधबारको सुरुवात उछालको गतिमा भएको थियो । सेन्सेक्स र निफ्टी दुवै इण्डेक्स हरियो भएर खुलेका थिए। बिएसईको ३० सेयरको  सेन्सेक्स २४७.६१ अंक अथवा ०.३४ प्रतिशत बढेर ७३९१५.५७ मा पुग्दै बजार खुलेको थियो । यस्तै एनएसईको निफ्टी ६१.०७ अंक अर्थात ०.२८ प्रतिशत बढेर २२३९७.४० को विन्दूमा खुलेको थियो ।  

बजार खुल्नासाथ लगभग १२८१ वटा सेयरको मूल्य बढेको थियो भने ९४८ सेयरको मूल्य घटेको थियो । तर त्यसको एकघण्टाभित्रै माहौलमा उलटपुलट भयो । १२ बजेसम्म सेन्सेक्स ६९०.४७ अंकको गिरावटसहित ७२९७७.६० को विन्दूमा कारोबार गरिरहेको थियो, निफ्टी चाहिँ २६२.४० अंकको गिरावटसहित २२०७३ विन्दूसम्म पुगेको थियो । बैंक निफ्टी २१० अंकले घटेर ४७०७२ को विन्दूमा कारोबार गरिरहेको थियो ।  

अडानीका सेयरमा पहिरो

सेयर बजारमा ठूलो गिरावटसँगै गौतम अडानीले नेतृत्व गरिरहेका लगभग सबै कम्पनीको सेयरमा भीषण पहिरो गयो । अडानी ग्रीन इनर्जी लगभग ९ प्रतिशतले घट्यो । अडानीको टोटल ग्याँसको सेयरमूल्य ७ प्रतिशत, अडानी इन्टरप्राइजेजको मूल्य ६ प्रतिशत, अडानी विलमारको मूल्य ४ प्रतिशत, अडानी पोर्टको मूल्य ५ प्रतिशत, अडानी ग्रीन सोलुसनको मूल्य ४.५ प्रतिशत तथा अडानी पावरको मूल्य ५ प्रतिशतले घट्न पुग्यो ।  

यी ठूला कम्पनीमा पनि पहिरो

अडानीले नेतृत्व गरेका बाहेक अन्य धेरै कम्पनीको सेयरमूल्यमा पनि उस्तै पहिरो देखियो ।  

समाचारअनुसार आईआरएफसीको सेयरमूल्य ८ प्रतिशत, एनएचपिसी ८ प्रतिशत, भोडा आइडिया ७.५ प्रतिशत, एचएल ७ प्रतिशत, आरभीएनएल ७ प्रतिशत, पावर ग्रीड ६ प्रतिशत, एलआईसी ५.५ प्रतिशत, पेटिएम ५ प्रतिशत, कोल इण्डिया ४ प्रतिशत, एनजीसी ४.५ प्रतिशत, टाटा पावर ४.५ प्रतिशत, आईआरसीटीसी ४ प्रतिशत, एनटीपीसीको सेयरमूल्य ५.५ प्रतिशतले घट्यो ।  

सोमबार पनि उस्तै  

यसभन्दा अगाडि सोमबार पनि भारतीय सेयर बजारमा ठूलै गिरावट आएको थियो । बम्बई स्टक एक्सचेञ्जको सेन्सेक्स ६१६ अंकले घटेको थियो भने निफ्टी १६० अंकले झरेको थियो । मंगलबार बजारमा सामान्य रिकभरि देखिएको थियो । तर, बुधबार फेरि भीषण पहिरोको गयो ।  

किन क्र्यास भयो बजार ?

भारतीय सञ्चारमध्यमहरुले त्यहाँका विज्ञ तथा विश्लेषकहरुलाई उद्धृत गर्दै जनाएअनुसार मुनाफा बुक गर्न खोज्नेहरुका कारण बजारमा यस्तो अवस्था बनेको हो ।  

बजारको सेन्टीमेन्ट बिगार्ने काम खासगरी मिड क्याप र स्मल क्यापका कम्पनीहरुले गरे । यो क्रम केही दिनदेखि देखिइरहेको र अझै जारी हुनसक्ने आँकलन गरिएको छ । बजारमा सूचीकृत साना र मझौला खालको सेयरहरुमा ५ प्रतिशतसम्मको गिरावट आएको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.