काठमाण्डौ । अष्ट्रेलियाले अमेरिकाबाट आयात हुने गाईको मासुमाथि लगाइएको प्रतिबन्ध हटाउने घोषणा गरेको छ। अष्ट्रेलियाले अमेरिकाबाट आयत हुने गाईको मासुमाथि लगाएको प्रतिबन्धका कारण ट्रम्प प्रशासन अष्ट्रेलियाप्रति आक्रोशित थियो ।
जसका कारण अमेरिका–अष्ट्रेलियाबीच व्यापार सम्झौतामा बाधा उत्पन्न भईरहेको थियो ।
सन् २००३ देखि अष्ट्रेलियामा अमेरिकी गाईको मासु लगभग पूर्ण रूपमा प्रतिबन्धित छ। त्यसबेला ‘म्याड काउ डिजिज’ नामक रोग फैलिएको थियो। अष्ट्रेलियामा विश्वको सबैभन्दा कडा जैविक सुरक्षा कानून छ, जसका कारण अमेरिकी गाईको मासु आयातमा प्रतिबन्ध लगाइएको थियो।
अप्रिलमा, जब ह्वाइट हाउसले अष्ट्रेलियाले ट्यारिफको बारेमा कुरा गरिरहेको थियो, अमेरिकाले यी प्रतिबन्धहरूबारे उद्धृत गरेको थियो। यद्यपि, अष्ट्रेलिया सरकारले यो निर्णयको व्यापार विवादसँग कुनै सम्बन्ध नभएको कुरा अस्वीकार गरेको छ।
अष्ट्रेलिया सरकारले यो निर्णय एक दशक लामो अनुसन्धानपछि लिएको बताएको छ । अमेरिकाले मासु सुरक्षा नियमहरूमा सुधार भएको भेटिएपछि यो निर्ण लिइएको अष्ट्रेलियाले जनाएको छ ।