आईतवार, श्रावण ११,२०८२ 05:35:27
  • आईतवार, श्रावण ११,२०८२ 05:35:27
Global IME Bank Limited

अचम्मको घटना : एक वर्षको बालकले कोब्रा सर्पलाई टोकेर मारेको दाबी

Hyundai Nepal
अचम्मको घटना : एक वर्षको बालकले कोब्रा सर्पलाई टोकेर मारेको दाबी
Shivam Cement

काठमाण्डौ । बिहारको बेतियामा एउटा अनौठो घटना बाहिर आएको छ । यहाँ एक वर्षको बालकलाई सर्पले दाँतले टोकेपछि सर्पको मृत्यु भएको बताइएको छ ।

बालकको परिवारले यो विषालु कोब्रा सर्प भएको दाबी गरेको छ ।

गत बिहीबार घटेको यो घटनापछि स्थानीयवासीका लागि उक्त बालक आकर्षणको विषय बनेको छ । बालक अहिले स्वस्थ छन् ।  

Muktinath Bikas Bank Limited

यो घटना बिहारको पश्चिम चम्पारण जिल्लाको हो, जसको मुख्यालय बेतिया हो। बेतियाको मझौलिया ब्लकको मोहछी बांकटवा नामको गाउँ छ। यो गाउँमा सुनिल साह नामका व्यक्तिले आइसक्रिम बेचेर आफ्नो गुजारा चलाउँछन् । सुनिल साहको एक वर्षको छोरा गोविन्द कुमार छन् । गोविन्द कुमारले आफ्नो दाँतले सर्पलाई टोकेको बीबीसीले जनाएको छ।

गोविन्द कुमारकी हजुरआमा मतिसरी देवीले बालककी आमा घरको पछाडि काम गरिरहेको बेला सर्प बाहिर आएको र खेल्दै गरेको गोविन्दले सर्प देख्नेबित्तिकै समातेर र दाँतले टोकेको बताइन् । सर्पलाईटोकेपछि उनी केही बेर बेहोस भएको त्यसपछि गोविन्दलाई माझोलिया प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको र  त्यहाँबाट बेतियाह अस्पताल (सरकारी मेडिकल कलेज, जीएमसीएच) रिफर गरिएको उनले बताइन् । उनी अहिले बच्चा स्वस्थ रहेको जनाइएको छ ।  

गोविन्द कुमारलाई बिहीबार साँझ बेतियास्थित सरकारी मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको उपचार डा कुमार सौरभ बाल रोग विभागका सहायक प्राध्यापकले गरेका थिए । डा. सौरभले बच्चा भर्नाका लागि आउँदा उनको अनुहारमा विशेषगरी मुखको वरिपरि सुन्निएको र उनले सर्पलाई टोकेको र त्यसको केही भाग खाएको परिवारका सदस्यले जानकारी दिएको बताए ।  

डाक्टर सौरभका अनुसार जब कोब्राले मानिसलाई टोक्छ, त्यसको विष हाम्रो रगतमा प्रवेश गर्छ। रगतमा प्रवेश गर्ने विषले न्युरोटोक्सिसिटी निम्त्याउँछ, जसले हाम्रो स्नायु प्रणालीलाई असर गर्छ र मृत्युको कारण बनाउँछ।

यस्तै जब मानिसले कोब्रालाई टोक्छ, विष मुखबाट मानिसको पाचन प्रणालीमा पुग्ने बताए । उनका अनुसार मानव शरीरले विषलाई निष्क्रिय पार्छ र विष बाहिर निस्कन्छ। अर्थात् दुवैमा विषले काम गर्छ । तर एउटा अवस्थामा विषले स्नायु प्रणालीलाई असर गर्छ भने अर्को अवस्थामा मानव शरीरले विषलाई बेअसर गर्छ।

तर, मानिसले सर्पलाई टोक्दा त्यसले पनि प्रतिकूल असर पार्न उनी बताउछन् । 

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार हरेक वर्ष विश्वभर ८० हजारदेखि १ लाख ३० हजार मानिसको सर्पको टोकाइबाट मृत्यु हुने गरेको छ । जसमध्ये भारतमा हरेक वर्ष औसत ५८ हजार मानिसको मृत्यु हुने गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.