काठमाण्डौ । अमेरिकी उच्च व्यवसायिक प्रतिनिधिमण्डलले चीनको भ्रमण गर्ने भएको छ । युएस–चाइना बिजनेश काउन्सिलको उच्चस्तरिय प्रतिनिधि मण्डलले यसै साता चीनको भ्रमण गर्न लागेको हो ।
उक्त टोलीले चिनियाँ उच्च तहका अधिकारीहरुसँग भेटवार्ता गर्ने साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । उक्त प्रतिनिधिमण्डलको नेतृत्व फेडएक्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ)साजेश सुर्बमन्यमले गर्नेछन् । उनी युएस–चाइना बिजनेश काउन्सिलका अध्यक्ष हुन् । उक्त टोलिमा बोइङको अधिकारी र युएससीबीसीका अध्यक्ष सिन स्टेन पनि सहभागी हुने जनाइएको छ ।
उक्त अवसरमा अमेरिका र चीनबीच हुनसक्ने सम्भाव्य व्यवसायिक समझदारीका विषयमा छलफल हुने जनाइएको छ । यस्तै दुवै पक्षले यो वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भ्रमण गर्ने विषयलाई समेत सुनिश्चित गर्ने जनाइएको छ ।