शुक्रबार, श्रावण १६,२०८२ 09:52:11
  • शुक्रबार, श्रावण १६,२०८२ 09:52:11
Global IME Bank Limited

यामाहा नेपालको ‘वार्षिक डिलर मिट २०२५’ सम्पन्न

Hyundai Nepal
यामाहा नेपालको ‘वार्षिक डिलर मिट २०२५’ सम्पन्न
Shivam Cement

काठमाण्डौ । यामाहा नेपालले २०८२ साउन ८ र ९ गते (बिहीबार र शुक्रबार) ‘ब्लू राइज–वी राइज एज वान’ भन्ने मूल नाराका साथ आफ्नो बहुप्रतीक्षित वार्षिक डिलर मिट २०२५ भव्य रूपमा सम्पन्न गरेको छ। एकता, सहकार्य र सफलताको साझा यात्रालाई एकसाथ मनाउन आयोजित यस दुईदिने जमघटमा नेपालभरिबाट आएका ९० भन्दा बढी डिलरहरू, यामाहा टिमका सदस्यहरू र विशिष्ट अतिथिहरूले सहभागिता जनाएका थिए।

पहिलो दिनको कार्यक्रम सेल्स र मोटिभेसनमा केन्द्रित रह्यो, जहाँ सौरभ लोहनीले सेल्स एण्ड बिजनेस ट्रेनिंग सेसन सञ्चालन गरेका थिए। यस सेसनले सहभागीहरूलाई बदलिँदो बजारमा कसरी उत्कृष्ट प्रदर्शन गर्न सकिन्छ भन्ने व्यवहारिक रणनीतिहरू प्रस्तुत गर्नुका साथै विशेषगरी डिलरशिप व्यवस्थापनको पक्षलाई प्राथमिकताका साथ समेटेको थियो।

Muktinath Bikas Bank Limited

दोस्रो दिनको कार्यक्रममा यामाहा ब्रान्डको सामूहिक शक्ति र एकता झल्काउने कुराहरू मुख्य हाइलाइटका रूपमा देखिएका थिए। कार्यक्रम एमएडब्लू राइड्सका सीईओ तथा कार्यकारी निर्देशक श्री दीपक कुमार अग्रवालको सम्बोधनबाट सुरु भएको थियो जहाँ उनले सम्पूर्ण डिलरहरूलाई उत्कृष्ट प्रदर्शनका लागि बधाई दिँदै कम्पनीका सबै विभागहरूले निर्धारित वार्षिक लक्ष्य पूरा गरेकोमा त्यसको प्रशंसा पनि गरे।

यस पश्चात् विभिन्न विभागले आर्थिक वर्ष २०८१÷०८२ को समग्र गतिविधि र उपलब्धिहरूको समीक्षा एवम् आगामी वर्षको रणनीतिक योजना समेटेर आ–आफ्ना प्रस्तुतिहरू दिएका थिए। त्यसै अवसरमा एमटी–१५ भी–२ को आइस स्टोर्म र एफजेट एस भी ३ को आइस फ्लुओ भर्मीलिओन नामक दुई नयाँ र आकर्षक कलर भेरियन्टहरूको पनि अनावरण गरिएको थियो । जसले आफ्नो बोल्ड र एस्थेटिक डिजाइनका कारण सहभागीहरूको ध्यान खिचेको थियो।

एमएडब्लू सोलिडारिटी फन्ड अन्तर्गत एक भावुक प्रयासका रूपमा फन्ड समिति सदस्य तथा चितवनका डिलर प्रतिनिधि श्री केजीएसट्रेडिंग कन्सर्न, महेन्द्रनगरलाई एक सोलिडारिटी चेक प्रदान गरे। गत वर्षको बाढीका कारण केजीएसको वर्कशप र भौतिक संरचनामा भएको गम्भीर क्षतिको सन्दर्भमा गरिएको यस सहयोगले संकटका समयमा आफ्ना साझेदारहरूप्रति यामाहाको बलियो साथ र प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।

यस भेटघाट कार्यक्रमलाई नेपाल क्रिकेट संघका सचिव तथा बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष पारस खड्काको प्रभावशाली मन्तव्यले थप ऊर्जावान् बनायो। उनले आफ्ना नेतृत्वदायी यात्रा र टिमवर्क तथा लक्ष्यप्रति समर्पणका अनुभवहरू साझा गर्दै सहभागीहरूलाई प्रेरित गरे। योसँगै एमएडब्लू राइड्स प्रालिका अध्यक्ष विष्णु कुमारअग्रवालको न्यानो सम्बोधनले कार्यक्रममा अझ उत्साह थपेको थियो। उनले यामाहाको साझा दृष्टिकोण, एकतामा आधारित कम्युनिटी निर्माणको महत्त्वर आगामी आर्थिक वर्षभर आफ्ना डिलर नेटवर्कलाई सशक्त साथ दिने प्रतिबद्धता दोहोर्याए। उनका शब्दहरूले यामाहाको यात्राको केन्द्रमा साझा लक्ष्य र आपसी विश्वासरहेको सन्देश प्रस्ट पारेका थिए।

पुरस्कार वितरण समारोहले उत्कृष्टता र समर्पणको उत्सव मनाएको थियो। कार्यक्रममा ए०,ए१,ए२ र ए३ श्रेणीका उत्कृष्ट डिलरहरूलाई सम्मान गरिएको थियो। साथै, ूड्रिम टार्गेटू प्राप्त गर्नेहरू र विशिष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई पनि विशेष पुरस्कार प्रदान गरिएको थियो।

नेटवर्किङ, पुरस्कार र यामाहा परिवारभित्रको सम्बन्धलाई अझ बलियो बनाउने अवसर प्रदान गरेको यस दुईदिने उत्सव एक भव्य गाला डिनरसँगै समापन भएको थियो। कार्यक्रममा विशेष अतिथिका रूपमा यामाहा मोटर इण्डिया ग्रुपका चेयरम्यान इतारु ओटानी, वाईएमआईएसका उपाध्यक्ष महेन्द्र प्रताप र डीजीएम श्री बिपिन सिंहको पनि उपस्थिति रहेको थियो। उनीहरूको अन्तर्राष्ट्रिय समर्थन र सहभागिताले यामाहाको असीमित एकता र उत्कृष्टताको प्रतिबद्धतालाई पुनः पुष्टि गदै कार्यक्रमलाई विशेष बनाएको थियो।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.