काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरिएको छ । एनआईसी एशिया बैंक कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईसी एशिया सेलेक्ट ३०,एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड र एनआईसी एशिया ब्यालेन्स्ड फण्डको गत आव २०८१/८२ का लागि लाभांश घोषणा गरिएको हो ।
योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा तथा बुक क्लोज मिति तय गरेको हो । जसअन्तर्गत एनआईसी एशिया सेलेक्ट ३० का लागि ८.६५ प्रतिशत,एनआईसी एशिया फ्लेक्सी क्याप फण्डका लागि १०.१० प्रतिशत र एनआईसी एशिया ब्यालेन्स्ड फण्डका लागि ९.९० प्रतिशत (कर सहित( प्रतिफल प्रदान गर्ने निर्णय भएको छ ।
योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले यी ३ वटै योजनाका लागि घोषित प्रतिफल वितरण प्रयोजनार्थ यही साउन २९ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसर्थ साउन २८ गतेसम्म कायम इकाइधनीहरु मात्र यी योजनालाई घोषित प्रतिफल पाउन योग्य हुनेछन्।
यी सबै बन्दमुखी योजना हुन् ।