बुधबार, जेष्ठ ६,२०८३ 01:55:35
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 01:55:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

इभीमय बन्यो नेपालको अटोबजार, टाटाले उछिन्यो बीवाईडीलाई

Laxmi Sunrise Bank Limited
इभीमय बन्यो नेपालको अटोबजार, टाटाले उछिन्यो बीवाईडीलाई
Shivam Cement

काठमाण्डौ । पछिल्लो समय नेपाली अटो बजार इलेक्ट्रिक गाडी (इभी)मय बनेको छ । सरकारको नीति, कम कर दर, बैंक फाइनान्सिङ तथा वातावरणमैत्री उर्जा स्रोतले इभीप्रति आकर्षण बढ्दै गइरहेको छ ।  

गत आर्थिक वर्षमा विभिन्न ब्राण्डका करिब १० हजार इभी भित्रिएका छन् । नेपाली अटो बजारको पछिल्लो अवस्थाअनुसार नयाँ बिक्री हुने सवारीसाधनमा ७० प्रतिशतभन्दा बढी हिस्सा विद्युतीय सवारी साधन रहेका छन् । 

Bizshala
New Office
CG Motors

नयाँ बिक्री हुने विद्युतीय सवारीमा धेरैजसो भारतीय कम्पनी टाटा मोटर्स र चिनियाँ कम्पनी बीवाइडीका गाडीहरु रहेका छन् । यी दुई कम्पनीबीच इभी बिक्रीमा चर्को प्रतिस्पर्धा समेत देखिएको छ ।  

आव २०८१/८२ मा सबैभन्दा बढी टाटा मोटर्सले २ हजार ७७९ युनिट इभी नेपाल भित्र्यााएको छ । नेपाली अटो सेक्टरमा विशिष्ट पकड बनाएको टाटा मोटर्सले एक वर्षमा झण्डै तीनहजार युनिट विद्युतीय सवारी भित्र्याई रेकर्ड राख्न सफल भएको हो ।  

अघिल्लो आवमा भने टाटाका गाडीको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङले एक हजार ९०३ युनिट गाडी भित्र्याएको थियो ।  

त्यस्तै, दोस्रोमा बीवाइडीले पनि गत आवमा २ हजार ५११ युनिट गाडी आयात गरेको छ । पछिल्लो समय बीवाइडीका गाडीहरु पनि ग्राहकको रोजाईमा परेका छन् । 

Garima Development Bank
Shivam Cement
IME remit

अघिल्लो वर्ष बीवाइडीको नेपालको लागि आधिकारीक बिक्रेता साइमेक्स इंकले २ हजार १८२ वटा युनिट गाडी नेपाल भित्र्याएको थियो । यसरी नेपाली अटो बजारमा टाटाले फेरि एकपटक बीवाईडीलाई उछिनेको छ । इभीको बजारमा चाइनिज प्रडक्टको दबदबा हुँदा समेत टाटाको बिक्रीको यो आँकडालाई निकै ठूलो सफलता मान्न सकिन्छ ।  

त्यस्तै, एमजी ब्राण्डका गाडीहरु पनि गत आवमा एक हजार २५० युनिट इभी बिक्री भएका छन् । पारामाउन्ट मोटर्सले एक वर्षमै एक हजार भन्दा बढी एमजी गाडी भित्र्याएको हो ।  

चौथोमा बढी इभी गाडी भित्रिनेमा डोङफेङ नामी रहेको छ । यसको आधिकारिक बिक्रेता एमएडब्लू ग्रुपले गत आवमा मात्रै एक हजार १७ युनिट गाडी भित्र्याएको छ ।  

पाँचौ नम्बरमा धेरै गाडी आयात गरी बिक्री गर्नेमा डिपल ब्राण्डका गाडी छन् । एमएडब्लू ग्रुपले बिक्री गर्ने चांगन डिपल ब्राण्डका गाडी गत आवमा ७१२ युनिट गाडी आयात भई बिक्री भएका छन् ।  

यसका साथै ओमोडा एण्ड जाइको छैठौं नम्बरमा छ । गत आवमा यो ब्राण्डको गाडी ७१० युनिट आयात भएको छ । यता चिनिया गाडी उत्पादक लिपमोटरको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले पनि आफ्नो बजार हिस्सा बढाएको छ । कम्पनीले गत आवमा ४३५ युनिट गाडी आयात गरेको छ ।  

साथै ह्युण्डाइ ब्राण्डका गाडी पनि पछिल्लो समय ग्राहकको रोजाइमा परेका छन् । ह्युण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टले पनि गत आवमा ३४५ युनिट इभी आयात गरेर बिक्री गरेको छ । अघिल्लो आवमा भने यो ब्राण्डका गाडी १८७ युनिट मात्रै भित्रिएको थियो ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X