काठमाण्डौ । सरकारले काठमाण्डौको भृकुटी मण्डप स्थित सयौं पसल बन्द गर्ने भएको छ । भृकृटीमण्डपमा वर्षौदेखि हजारौं परिवारले खुला बजारभित्र आफ्ना पसल तथा व्यवसाय सञ्चालन गर्दै आएका छन् । तिनै पसल तथा व्यवसायहरु सरकारले चालु आवभित्रमा हटाईसक्ने भएको हो ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को उद्घाटन गर्दै यस्तो बताएका हुन् । ‘टुकुचा खोलादेखि भृकुटी मण्डप वरीपरीको सम्पूर्ण संरचना यही वर्षभित्र हटाएर अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल बनाउने बजेटमार्फत हामीले घोष्णा गरिसकेका छौं,’ पौडेलले भने ,‘सो कार्यको सुरुवात सम्बन्धित मन्त्रालयले अघि बढाई सकेको छ । निजी क्षेत्रले चाडै अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल बनाउने छ ।
काठमाण्डौको निकै पुरानो मानिएको भृकुटी मण्डप खुला बजारमा व्यापार गर्न स्टल राख्नका लागि व्यपारीहरुले करोडौं खर्च गरेका छन् । साना व्यापा्रीहरुको यति ठूलो लगानीको विषयमा सरकारले कस्तो नीति लिन्छ भन्ने विषय चाही अर्थमन्त्रीले बताएनन् ।