शुक्रबार, श्रावण २३,२०८२ 01:20:16
  • शुक्रबार, श्रावण २३,२०८२ 01:20:16
Global IME Bank Limited

नबिल फ्लेक्सी फण्डको लाभांश घोषणा

Hyundai Nepal
नबिल फ्लेक्सी फण्डको लाभांश घोषणा
Shivam Cement

काठमाण्डौ । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल फ्लेक्सी फण्डको लाभांश घोषणा गरिएको छ । नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित उक्त योजनाको लाभांश घोषणा गरिएको हो ।  

योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले योजनाका इकाईधनीहरु लाई आर्थिक २०८१/८२ का लागि लाभांश घोषणा गरेको हो ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

बैठकले नबिल फ्लेक्सी फण्डका इर्काधीनहरुलाई ९प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने निर्णय गरेको छ । लाभांश वितरण प्रयोजनका लागि बैठकले साउन २३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ साउन २२ गतेसम्म कायम सेयरधनीहरु मात्रै उक्त लाभांश पाउन योग्य हुनेछन् ।  

यो खुलामुखी योजना भएकाले लाभांश रकम पुनः लगानी गर्न सकिने योजना व्यवस्थापकले जनाएको छ । त्यस्ता इकाईधनीहरुले साउन २७ गतेसम्म पुनः लगानी योजनामा सहभागी हुन सक्नेछन् ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.