शुक्रबार, श्रावण २३,२०८२ 06:42:13
  • शुक्रबार, श्रावण २३,२०८२ 06:42:13
Global IME Bank Limited

एक लाखको पोर्टफोलियो १ करोड माथि पुर्याएका प्राध्यापक भन्छन् ‘राष्ट्र बैंकले क्याप खोले बजार ५ हजार माथि पुग्छ ’

Hyundai Nepal
एक लाखको पोर्टफोलियो १ करोड माथि पुर्याएका प्राध्यापक भन्छन् ‘राष्ट्र बैंकले क्याप खोले बजार ५ हजार माथि पुग्छ ’
Shivam Cement

काठमाण्डौ । नेपालको पूँजीबजारमा अनुभव र सिकाईले खारिएका एक लगानीकर्ता हुन्– केशव प्रसाद निरौला । निरौला पेशाले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक समेत हुन् । बिहानको समयमा शिक्षण पेशा गर्ने निरौला दिनको फुर्सदिलो समयमा सेयरबजारमा लगानी गर्छन् । सेयर बजारमा निरौलाको अनुभव निकै लामो छ । उनी २०५१ सालदेखि सेयरबजारमा कार्यरत छन् । सेयरबजारमा जम्मा एक लाख रुपैयाँ लिएर बजार प्रवेश गरेका निरौलाले हाल एक करोड भन्दा माथिको पोर्टफोलियो पुर्याएका छन् ।  

उनले पूँजीबजारबाट नै घरघडेरी पनि जोडेका  छन् । उनी नेपाल बंगलादेश बैंकको सेयर किनेर सेयरबजार प्रवेश गरेका थिए । सेयर बजार फुर्सदको समयमा दिमाख लगाएर गर्ने काम भएको कारण पनि निरौला यसमा तल्लिन छन् । शिक्षण पेशलाई प्रभाव नपर्ने गरि दिनको समयमा सेयरबजारमा उनी तल्लिन हुने गर्छन् ।

 

Shivam Cement
Muktinath Bikas Bank Limited

 

उनको अनुभवमा नेपालको सेयर बजारमा थुप्रै नीतिगत चुनौति छन् । अहिलेका गभर्नरले भने केही गर्न खोजेको उनी बताउछन् । ‘अब बजारमा केही सुधार हुन थालेको छ । तर ब्रोकरहरुले भने केही फट्याइ गर्ने गरेका छन् । उनीहरुले अरुलाई दिनु पर्ने कोल्याट्रल आफै प्रयोग गर्ने गरेका छन्,’ उनी भन्छन् । अहिले स्टक डिलर , ब्रोकर र म्युचुअल फण्डहरुले बजारलाई प्रभावित गर्ने गरेको र उनीहरु आफ्नो दायित्वबाट चुक्दा बजार तल माथि भएको उनको तर्क रहेको छ ।  

अहिले नयाँ लगानीकर्ताहरुलाई सेयरबजारमा निकै अवसर रहेको समेत उनी स्वीकार गर्छन् । उनी भन्छन् ‘सेयर बजारमा सेयर किन्ने मानिस जहिले पनि सतर्क हुनु पर्छ । खेलाडीलाई गाली गरेर मात्रै  हुँदैन । बैंक तथा इन्स्योरेन्स कम्पनी राम्रा भए पनि बढ्न सकेको छैन । राष्ट्र बैंकले लघुवित्तलाई लाभांश बाड्नमा कडाइ गर्नु अपरिपक्क कदम हो । सेयर बजार तल माथि हुनुमा नियामक निकायहरुको स्थायी नीति नहुनु पनि मुख्य कारण हो । ’  

उनी थप्छन्, ‘अहिले नियामकहरुमा कानून र अनुगमनको अभाव देखिन्छ । कमजोर कम्पनीमा राम्रो नियमन नगर्दा सोझा साझा फस्ने हो । सेयर बजार भनेको कम्पनीको क्षमता हरेरे लगानी गर्ने क्षेत्र हो । अहिले पनि नेपाल राष्ट्र बैंकले क्याप लगाउनु गलत  हो । कसलाई कति कर्जा दिने भने बैंकको अधिकार हो । राष्ट्र बैंकले अहिलेपनि व्यक्तिगततर्फ क्याप लगाउनु गलत हो ।’  

यसले बजारमा पैसा चलयमान हुन नपाउने उनी बताउछन् । ‘शिक्षकहरुलाई ४ महिनामा तलब दिनु पनि गलत हो । नेपाल राष्ट्र बैंकले अहिले पैसा प्रसस्त भएको अवस्थामा क्याप लगानउनुको कुनै औचित्य छैन । नेपाल राष्ट्र बैंकले क्याप खोलेको खण्डमा बजार ५ हजार माथि पुग्छ । बजार तीन हजारबाट खस्नु पर्ने केही खास कारण छैन ।’  

बैंक तथा इन्स्योरेन्स कम्पनीका राम्रा कम्पनीको सेयर बनढेकाले बुल सुरु भएको मान्न नसकिने उनको तर्क छ । ‘हामी बुलको नजिक नजिक मात्रै छौं । समग्र नेप्से कसरी अघि बढाउने भन्ने विषयमा नेप्से र धितोपत्र बोर्डले होमवर्क नै गरेनन्’ उनी भन्छन् ।  

नियामकले परिणाम देखिने गरि काम गर्न नसकेको निरौलाको ठम्याई रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.